सूचनाको शक्ति - The Power Of Information

        

एक वर्षमा २ हजार ७ सय बालबालिका हराए

काठमाडौँ । आर्थिक वर्ष २०७४/०७५ लागेको ४ महिनामा ६५५ जना बालबालिका हराएका छन् । हराएकामध्ये २६८ जना बालबालिका भेटिएका छन् । आ.व ०७४/०७५ को ४ महिनामा हराउनेमा ३४० बालिका र ३१५ बालक रहेका छन् । श्रावणमा २५२, भाद्र १७१ असोजमा १०३ र कार्तिकमा १२१ जना बालबालिका हराएको सूचना बालबालिका खोजतलास केन्द्रमा प्राप्त भएको थियो । अझै ३८६ बालबालिका भेटिएका छैनन् ।
यस्तै नेपालभर आ.व २०७३/०७४ मा को असार मसान्तसम्ममा २ हजार ७७२ जना बालबालिका हराएका थिए । हराएकामध्ये बालबालिका खोजतलास केन्द्रबाट प्राप्त जानकारी अनुसार एक हजार ४७ जना बालक र एक हजार ७२५ जना बालिका रहेका छन् । जसमध्ये ३५३ बालक र ३ सय ६७ बालिका गरी जम्मा ७२० बालबालिका भेटिएका छन् । यो तथ्याङ्क अनुसार पनि अझै २ हजार ५२ जना बालबालिका भेटिएका छैनन् । अहिले ६९४ बालक र एक हजार ३५८ बालिकाको खोजिकार्य भईरहेको छ ।
१५ देखि १८ वर्ष उमेर समुहका बालबालिका हराउने संख्यामध्ये धेरै रहेका छन् । बालबालिका खोजतलास केन्द्रका डिएसपी निर्मल बुढाथोकीले भने, ‘बालबालबालिका हराउँदा अविभावकले सूचना दिने गरेको र परिवार समुदायलेनै फेला पारेको खण्डमा सूचना नदिने हुँदा पनि भेटिएको बालबालिकाको संख्या कम देखिएको हो ।’ हराएका बालबालिकाको खोजी कार्यको जिम्मा लिने प्रहरी प्रशासनदेखि सरकारी निकाय तल्लिन भएर लागेको भने देखिन्न । हराएको बालबालिकाको अवस्थाको बारेमा भने बालबालिकाको क्षेत्रमा काम गर्ने सरकारी निकायनै अनभिज्ञ देखिएको छ ।

प्रकाशित मिति : ७ पुष २०७४, शुक्रबार ११:२१