सूचनाको शक्ति - The Power Of Information

        

गाई काटेको आरोपमा दुई पक्राउ

बाँके । बाँकेको नरैनापुर गाँउपालिकाबाट गाई काटेको आरोपमा दुई जना पक्राउ परेका छन् । ईलाका प्रहरी कार्यालय भगवानपुरका प्रहरी नायव निरिक्षक मुकुन्द सिग्देलले घटनाको पुष्टि गरेका हुन् । आज बिहान ९ बजेको समयमा गाई काट्दै गरेको देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

खबर पाएलगत्तै घटनास्थल पुगेको प्रहरीले घटनामा संलग्न भएको आरोपमा शंकास्पद दुई जनालाई नियन्त्रणमा लिएको र अन्य केही फरार भएको सिग्देलले जानकारी दिए । पक्राउ परेका ब्यक्तिको घरमा राखिएको मासु बरामद गरी परिक्षणका लागि विधिविज्ञान प्रयोगशाला नेपालगन्ज पठाइएको र घटनाबारे थप अनुसन्धान सुरु गरिएको सिग्देलले बताए ।

प्रकाशित मिति : १६ बैशाख २०७७, मंगलवार १५:४८