काठमाडौँ । सोमबार कोरोना भाइरसको नयाँ संक्रमित फेला नपरेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । हालसम्म नेपालमा ५२ जना संक्रमित फेला परेका छन् भने १६ जना निको भएर फर्किसकेका छन् । उपचररतको स्वास्थ्य अवस्था पनि सामान्य रहेको प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए ।
हालसम्म नेपालमा ५३ हजार ५३४ जनाको परीक्षण भइसकेको छ जसमा पीसीआर प्रविधिबाट १० हजार ४७१ र आरडीटीबाट ४३ हजार ६२ जनाको परीक्षण गरिउको छ । पछिल्लो २४ घण्टामा २ हजार १८४ जनाको परीक्षण गरिएको डा. देवकोटाको भनाइ छ । हाल देशका १६ स्थानमा परीक्षण भइरहेको छ भने क्वारेन्टाइन २० हजार १९५ रहेका छन् र आइसोलेसनमा रहेकाको संख्या १०६ रहको छ ।
रेडजोनमा रहेका सम्भावित संक्रमितको संख्या ८ जना थप गरी ३०४ पुगेको छ । प्रदेश १ सरकारले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोरोनाको उपचारको लागि १०० बेड सञ्चालनमा ल्याएको छ । त्यस्तै, पीसीआर ल्याब सञ्चालनका लागि मन्त्रालयले निर्दे्शिका जारी पनि जारी गरेको छ । जसले निजी संस्थाहरुलाई पनि यसको परीक्षणका लागि ल्याब सञ्चालनको बाटो खुलेको छ । यद्यपि, यसका लागि उनीहरुले मन्त्रालयसँग अनुमति लिनुपर्नेछ ।
सत्यपाटी ।