सूचनाको शक्ति - The Power Of Information

        

दैलेखमा रोकिए कालीकोट, जुम्ला र मुगु जान हिँडेका बस

सुर्खेत । कालीकोट, जुम्ला र मुगु जान हिँडेका सात वटा बस दैलेखको रानीमत्ता रोकिएको छ । सुर्खेत, नेपालगन्ज र काठमाडौँबाट आएका बसमा यात्रुको विवरण नभएपछि बस रोकिएका हुन् । ‘कुन व्यक्ति कहाँबाट चढेको र कहाँ पुग्ने हो ?’ भन्ने यात्रु विवरण नभएकाले दैलेख प्रवेश गर्ने रानीमत्तामा रोेकिएको प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलले बताए ।

यात्रुको विवरणसहित आएका १७ वटा बस छोडिएको रानीमत्ता प्रहरी चौकीका इञ्चार्ज चन्द्रलाल गिरीले बताए । नेपालभित्रबाटै आएकालाई नजिकको क्वारेन्टाइनमा बस्नुपर्ने गरी गन्तव्यमा पठाउन सकिने नेपाल सरकारको निर्णय छ । तर यसरी विना विवरण पठाए सबै जना सोझै घरमा पुग्न सक्ने भएकाले यात्रुको नाम, पुग्न चाहेको पालिका र व्यक्तिको मोबाइल नम्बरसमेतको विवरण बिना नछोड्ने प्रमुख जिल्ला अधिकारी कट्टेलले बताए ।

प्रकाशित मिति : १५ बैशाख २०७७, सोमबार १२:३१