बीबीसी । इक्वेडरको ग्वायास क्षेत्र कोभिड १९ भाइरसबाट फैलिएको महामारीबाट सबैभन्दा धेरै प्रभावित क्षेत्र हो । जब सरकारी तथ्यांकमा कोभिड १९ को महामारीबाट निधन हुनेहरूको जाँच पड्ताल भइरहेको थियो, तब मानिसहरूले बाहिर अलग्गै कठोर वास्तविकताको सामना गरिरहेका थिए ।
ग्वायासमा अप्रिलको पहिलो दुई सातामा ६ हजार ७०० मान्छेको मृत्यु भएको थियो । यो वास्तविकता सरकारी तथ्यांकभन्दा ५ हजार धेरै हो । यही कारण ग्वायास इक्वेडर मात्र होइन, पुरै ल्याटिन अमेरिकी देशहरूमा कोभिड १९ का कारण सबैभन्दा धेरै प्रभावित क्षेत्र बन्यो ।
उल्लेखित तथ्यांक कोरोनाबाट मात्र मृत्यु हुनेहरूको होइन । महामारीका कारण अन्य धेरै स्वास्थ्य सेवा ठप्प भएपछि यस्तो समस्या देखिएको हो । धेरै बिरामीहरू छुट्टै स्वास्थ्य समस्याहरूबाट जुधिरहेका थिए तर उनीहरूले स्वास्थ्य सेवा पाएका थिएनन् ।
ग्वायाकिल, मृतकको शहर !
इक्वेडरको सबैभन्दा ठूलो सहर ग्वायास क्षेत्रको राजधानी ग्वायाक्विलको मूर्दाघरमा काम गर्ने केटी मेजिया भन्छिन्, ‘हामीले कारमा, एम्बुलेन्समा, घरमा, सडकमा लाश देख्यौं ।’ उनी थप्छिन्, ‘यसको एउटा कारण त यो हो कि अस्पतालमा बेड थिएनन् र उनीहरूलाई भर्ना गरिएन । उनीहरू पैसाको अभावका कारण निजी अस्पतालहरूमा जान सकेनन् ।’
२५ लाख जनसंख्या रहेको शहरमा कोरोना भाइरसको असर यसरी पर्यो कि शहरमा मुर्दाघरहरू भरिए । मूर्दाघरका कर्मचारीहरूसमेत संक्रमणको डरले आत्तिइरहेका छन् । यही कारण धेरै मूर्दाघरहरू अहिले बन्द छन् । मृतकका निराश र लाचार आफन्तहरूले यतिबेला घरभन्दा बाहिर लाश छोडिदिएका छन् ।
केही लाश धेरै दिनदेखि सडकमै रहिरहेको हुन्छ । ग्वायाक्विलको स्मसानघाटमा लाशहरू सद्गद गर्न ठाउँ पनि छैन । अन्तिम संस्कारका लागि अर्को सहरमा लागिएको छ । शवलाई गाड्नका लागि आवश्यक पर्ने ‘ताबूत’को अभावमा अन्तिम संस्कार पनि ढिला भइरहेको छ । स्थानीय जेलमा रहेका कैदीबन्दीहरूलाई लठ्ठीको ताबूत बनाउने काममा खटाइएको छ ।
इक्वेडरका राष्ट्रपति लेनिन मोरेनोले आफ्नो देशको स्वास्थ्य संयन्त्र असफल भएको स्वीकार गरेका छन् । १६ अप्रिलसम्म इक्वेडरमा कोरोनाका कारण जम्मा ४०० मानिसको मृत्यु भएको सरकारी तथ्यांकमा उल्लेख छ ।
बीबीसी ।