सूचनाको शक्ति - The Power Of Information

        

‘भ्याक्सिनबिना कोरोना नियन्त्रण असम्भव’

काठमाडौं । प्रभावकारी भ्याक्सिनबिना कोरोना भाइरस संक्रमण नियन्त्रण असम्भवजस्तै हुने विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले चेतावनी दिएको छ । स्वाइन फ्लुभन्दा १० गुणा तिव्रताका साथ संक्रमण भइरहेको कोरोना संक्रमण नियन्त्रण निक्कै जटिल काम भएको संगठनले जनाएको छ ।

यसको भ्याक्सिन आउन कम्तिमा एकदेखि डेढ बर्षसम्म लाग्ने अनुमान गरिएको छ । त्यस अवधिमा विश्वभर यस भाइरसको संक्रमण अति तिव्र गतिमा हुनेछ । विश्व स्वास्थ्य संगठनका अनुसार संक्रमणको तिव्रता दुई चार दिनमै दुई गुणाभन्दा पनि बढीका दरले रहेकाले भ्याक्सिनबिना नियन्त्रणमा लिन नसकिने बताइएको छ ।

विश्व स्वास्थ्य संगठनका प्रमुख डा.टेडोस ग्रवियससले पत्रकार सम्मेलन गरी स्वाइन फ्लुभन्दा पनि १० गुणा बढी खतरनाक रहेको यो भाइरसको संक्रमणका कारण विश्वमा हालसम्म १ लाख १९ हजार बढीले ज्यान गुमाउको तथ्यांक सार्वजनिक गरे । विश्वमा हालसम्म २० लाख बढी मानिसमा भाइरसको संक्रमण देखिएको छ ।

भाइरस संक्रमणबाट जोगिन विश्वका आधा जनसंख्या घरमा बसेका छन् । नियन्त्रणमा ध्यान दिनका लागि संक्रमणमा रहेका व्यक्तिको सम्पर्कमा रहेका मानिसको पहिचानलगायत लक डाउन जारी राख्नुपर्ने उनको भनाई थियो ।

प्रकाशित मिति : २ बैशाख २०७७, मंगलवार ०९:०६