सूचनाको शक्ति - The Power Of Information

        

चीनका बरिष्ठ वैज्ञानिकले भने, ‘चार हप्तामा विश्व सामान्य अवस्थामा फर्किनेछ’

काठमाडौं । चीनका सबैभन्दा बरिष्ठ कोरोना भाइरस विशेषज्ञले आगामी चार हप्तामा पूरै विश्वको अवस्था बदलिने भविष्यवाणी गरेका छन् । उनले आगामी चार हप्तामा पूरै विश्वको अवस्था पहिलेजस्तै सामान्य अवस्थामा फर्कन सुरु हुने बताएका हुन् ।

उनका अनुसार यो अवधिपछि कोरोना भाइरसका नयाँ संक्रमणका केसमा कमी आउनेछ । उनले चीनमा अब कोरोना भाइरसको दोस्रो आक्रमण नहुनेसमेत भविष्यवाणी गरेका छन् । कोरोना भाइरस संक्रमण नियन्त्रण र उपचारका लागि चीन सरकारले गठन गरेको मुख्य टिमका प्रमुख डा.झाङ्ग नेनशेनले यस्तो भविष्यवाणी गरेका हुन् ।

८३ वर्षीय डा.झाङ्गले भने ‘चीनमा कोरोना भाइरसको दोस्रो आक्रमण हुने छैन किनकि हामीले मनिटरिङ सिस्टमलाई अत्यन्तै बलियो बनाएका छौं ।’ डा.झाङ्गले शेनझेनको एक टेलिभिजनलाई दिएको अन्तरवार्तामा यस्तो बताएको डेलिमेलले उल्लेख गरेको छ । डा.झाङ्गले कोरोना भाइरससँग लड्ने दुई मात्र तरिका रहेको बताएका छन् ।

डा.झाङ्गले भने, ‘पहिलो हामीले संक्रमणको दरलाई सबैभन्दा कम स्टरमा जैजाउँ र त्यसलाई बढ्नबाट रोकौं । यसबाट हामीलाई भ्याक्सिन बनाउन समय प्राप्त हुनेछ र हामीले यो रोगलाई समाप्त गर्न सक्नेछौं ।’ उनले दोस्रो तरिका संक्रमणमा ढिलाइ ल्याउँने र आफ्ना केही बिरामीको संख्यालाई अलग अलग तरिकाले कम गर्नु रहेको बताएका छन् ।

डा.झाङ्गले भने, ‘धेरैजसो देशले कोरोना भाइरसको संक्रमणलाई लिएर कडा कदम उठाएका छन् । यस्तोमा मलाई आशा छ कि आगामी चार हप्तामा नयाँ संक्रमित भेटिन लगभग बन्द हुनेछ ।’ डा.झाङ्गले अहिले पनि चीनमा लाखौं साइलेन्ट कोरोना क्यारियर भएको हल्ला फैलाइएको भन्दै यो झुटो भएको बताए ।

उनले भने, ‘हामीले ती सबै बिरामीलाई अस्पतालमा भर्ना गरिसकेका छौं जसमा भाइरसको संक्रमण छ तर लक्षण देखिएको छेन । यस्ता बिरामीलाई एसिम्टोम्याटिक केस भनिन्छ । एसिम्टोम्याटिक केसबाट संक्रमण बढ्ने खतरा चीनमा धेरै छैन । किनकि अहिलेसम्म हामीले यसको प्रमाण भेटेका छैनौं ।’

डा.झाङ्गले जो बिरामी यो भाइरसबाट संक्रमित भएर निको भइसकेका छन् उनीहरु पुनः यो भाइरबाट संक्रमित हुने आशंका निकै कम भएको बताए । यदि यस किसिमका केस आइहालेमा पनि उनीहरुबाट संक्रमण फैलिने खतरा निकै कम हुने उनले बताए । ‘यो दुर्लभ हो किनकि उनीहरुको शरीरमा पहिलेदेखि नै एन्टिबडीहरु हुन्छन् जो भाइरससँग लडिरहेका हुन्छन्,’ उनले भने ।

प्रकाशित मिति : १ बैशाख २०७७, सोमबार १८:५९