काठमाडौं । पर्साको बिरगन्ज महानगरपालिका–२ छपकैयास्थित मस्जिदमा शंकास्पद रुपमा रहेका २१ जनाको कोरोना परिक्षण गर्दा तीन जनालाई कोरोनाको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आधिकारिक फेसबुक पेजमा उल्लेख गरेको छ । उनीहरु तीनै जना भारतीय नागरिक रहेका छन् ।
मस्जिदमा शंकास्पदरुपमा रहेका २१ जनामध्ये ३७, ४४ र ५५ बर्षका पुरुषमा कोभिड–१८ को पोजेटिभ देखिएको हो । मस्जिदमा रहेका ती व्यक्तिहरुलाई कोरोनाको आशंकामा नारायणी अस्पताल बिरगन्जमा आइसोलेशनमा राखेर उपचार गरिएको उनीहरुको थ्रोट स्वाब किटजन्य रोगअनुसन्धान तथा तालिम केन्द्र हेटौडाको ल्याबमा परीक्षण गरिएको थियो ।
सो परीक्षणमा आशंका गरिएका २१ जनामध्ये तीन जनामा पोजेटिभ देखिएपछि पुन एकिन गर्नको लागि चैत्र २९ गते शनिबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला परीक्षण गरिएकोमा त्यहाँ पनि पोजेटिभ देखिएकाले उनीहरुको ससंर्ग र उनीहरु गएको स्थानको पहिचान गरेर ट्रेसिङ गर्ने काम भइरहेको मन्त्रालयको फेसबुक पेजमा उल्लेख छ ।
यो सँगै नेपालमा कोराना संक्रमितको संख्या १२ पुगेको छ । १२ जनामध्ये एक जना निको भएर घर फर्कएका छन् भने ११ जनाको उपचार भइरहेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना सम्बन्धि जानकार दिन केही दिनअघि मात्रै सञ्चालन गरेको मोवाइल एप हाम्रो स्वास्थ्यमा समेत कोरोना संक्रमितको संख्या १२ उल्लेख गरिएको छ ।
सत्यपाटी ।