सूचनाको शक्ति - The Power Of Information

        

१५० विपन्न परिवारलाई टीटीआई नेपालको राहत

काठमाडौं । टीटीआई इलेक्ट्रोनिक्स नेपाल प्रालिले लकडाउनका कारण अभाव झेलिरहेका १५० विपन्न परिवारलाई राहतस्वरुप खाद्यन्न वितरण गरेको छ । टीटीआई नेपालले शुक्रबार काठमाडौं महानगरपालिका–४ का विपन्न परिवारलाई राहत वितरण गरेको हो ।

वडा समितिमार्फत वितरण गरिएको राहतमा चामल १२ केजी, दाल १ केजी, चिउरा १ केजी, नुन १ केजी, खाने तेल ५०० मिलिलिटर, भटमासको मस्यौरा २०० ग्राम, साबुन (नुहाउने र लुगा धुने) १–१ थानको उपलब्ध गराइएको टीटीआई नेपालका महाप्रबन्धक रहेका नवीन पाँडेले जानकारी दिए ।

विश्वभर महामारीको रुप लिएको कोरोना भाइरस (कोभिड १९) विरुद्ध लड्नको लागि मेडिकल उपकरण उत्पादक उद्योगहरूलाई आवश्यक सामाग्री उपलब्ध गराइरहेको टीटीआईले कामनपा वडा ४ मा बसोबास गरिरहेका दैनिक ज्यालादारीमा काम गर्ने र आर्थिकरुपमा विपन्नलाई राहत उपलब्ध गराएको हो । राहत वितरणमा प्रदेश सांसद नारायण सिलवाल, कामनपा वडा ४ का अध्यक्ष मोहन विष्ट, सोही वडाका सदस्यहरू दिनेश महर्जन र ध्रुव त्रिपाठी उपस्थित थिए ।

प्रकाशित मिति : २९ चैत्र २०७६, शनिबार ०७:४०