बझाङ । बझाङमा ४० बर्षिय रामचन्द्र बहादुर ऐडी (राम्या) मृत अवस्थामा फेला परेका छन् । मष्टा गाउँपालिका–१ जिन्डाडाका ऐडी समदेउ भन्ने स्थानमा बुधबार विहान मृत अवस्थामा फेला परेका हुन् । मंगलबार समदेउका धर्म पुरीको घर बनाउन गएका उनी घर फर्किएका थिएनन् । बुधबार विहानसम्म घर नआएपछि उनकी श्रीमती तुलसा खोज्न गएकी थिइन् ।
खोज्न जाने क्रममा घर बनाउने ठाउँभन्दा ५०० मिटर टाढा सडकमा मृत फेला परेका थिए । घर बनाउने क्रममा ऐडी चाँडै आफ्नो घर जान्छु भनेर हिँडेको धर्म पुरीले बताए । मृतकको शरीरमा चोकपटक नभएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरक्षीक गणेश बम बताए । उनको शवलाई पोष्टमार्टमका लागि जिल्ला अस्पताल सिमखेत लगिएको प्रहरीले जनाएको छ ।
सत्यराज सिंह ।