सूचनाको शक्ति - The Power Of Information

        

फ्रान्सको मुख्य बजारमै कोरोना संक्रमितका एक हजार शव !

फ्रान्स । फ्रान्सको राजधानी पेरिसमा रहेको रोजिस इन्टरनेशनल संसारको सबैभन्दा ठूलो थोक बजार हो । कोरोना भाइरसको महामारीका कारण ठूलो संख्यामा मानिसहरुको मृत्यु भएपछि शवको व्यवस्थापनका लागि अहिले यो बजारलाई अस्थायी शवगृह बनाइएको छ । फ्रान्समा हालसम्मा कोरोना भाइरसका कारण सात हजार ५०० भन्दा धेरैको मृत्यु भइसकेको छ ।

तर, अस्थायी शवगृह बनाइए पनि उक्त बजार भने बन्द गरिएको छैन । बजारमा मानिसहरुको चहलपहल र सामानको कारोबार पनि नियमित भइरहेको छ । पेरिसको दक्षिणी क्षेत्रमा रहेको उक्त बजारमा १ हजारभन्दा धेरै कफिन अट्नेगरी शवगृह बनाइएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

शव नबिग्रियोस् भन्नाका लागि शवगृहमा चिस्यानको समेत बन्दोबस्त गरिएको छ । कोरोना भाइरसका कारण मृत्यु भएका मानिसहरुको शव राख्नका लागि पर्याप्त स्थान नभएका कारण बजारलाई नै अस्थायी शवगृह बनाउनु परेको प्रहरीले जनाएको छ । शुक्रबारबाट शवहरु आउन शुरु भएको र सोमबारबाट आफन्तहरुलाई उच्च सतकर्तासाथ शव हेर्न दिइने जनाइएको छ ।

थोक बजारको एउटा कुनामा बनाइएका कारण शवगृहले बजारमा हुने कारोबारमा कुनै असर नपर्ने जनाइएको छ । ५७५ एकड क्षेत्रफलमा फैलिएको उक्त बजारमा १५ हजारभन्दा धेरैले काम गर्दै आएका छन् ।

प्रकाशित मिति : २३ चैत्र २०७६, आइतवार १४:३१