सूचनाको शक्ति - The Power Of Information

        

व्यवसायीद्वारा तीन दर्जन मजदूरलाई सहयोग

बुटवल । कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि सरकारले लागू गरेको लकडाउनका कारण बेरोजगार भएका तीन दर्जन मजदूरलाई यहाँका एक व्यवसायीले आर्थिक सहयोग गरेका छन् ।

बुटवल उपमहानगरपालिका–११ कालिकानगरका रोडा–ढुङ्गा व्यवसायी वैभवलक्ष्मी सप्लायर्सका सञ्चालक सिद्धार्थ गुरुङले कालिकानगर क्षेत्रमा विभिन्न क्षेत्रमा मजदूरी गर्ने ३५ मजदूरलाई आज जनही रु पाँच हजार सहयोग उपलब्ध गराएका हुन् ।

लकडाउनले घर जान नपाएका र दैनिकरुपमा मजदूरी गर्ने काम बन्द भएपछि साँझ बिहान खानपिनका लागि खाद्यान्न जुटाउन नसकेको जानकारी पाएपछि सहयोग उपलब्ध गराएको व्यवसायी गुरुङले बताए । ती मजदूर दाङ, बर्दिया, कैलाली लगायतका जिल्लाबाट बुटवल क्षेत्रमा आएर लामो समयदेखि मजदूरी गर्दै आएको उनले बताए ।

प्रकाशित मिति : २२ चैत्र २०७६, शनिबार १२:१८