सन् २०२० जनवरी ५ मा चीनमा कोरोना संक्रमणका कारण पहिलो व्यक्तिको मृत्यु भएको थियो । चाइनाको वुहान प्रान्तबाट शुरु भएको कोरोना भाइरस विश्वव्यापी हुदै गइरहेको छ र यसबाट बच्ने उपायका जानकारीहरु पनि क्रमिकरुपमा आइरहेका छन् । अहिलेसम्म नेपालमा यो भाइरसबाट ६ जनामा संक्रमण देखिएको छ । कोरोनाविरुद्धको अभियान र सन्देश लिएर गाउँमा सचेतना फैलाइरहेका राष्ट्रिय युवा संघ जिल्ला कमिटि बझाङका सदस्य उत्तमजंग सिंह आफ्नो गाउँका युवाहरुलाई आफ्नो नजिकको छरछिमेकलाई कोरोनाबाट सचेत र सुरक्षित रहन जिल्लाबासीलाई आग्रह गरिरहेका छन् ।
कोरोना भाइरसबाट बच्न तथा लकडाउनको समयमा घर बाहिर ननिस्कन, खोक्दा होस् या हाँछ्यु गर्दा, आफ्नो मुखलाई हातको कुइना अगाडीको भागले छोप्नुहोस्, या टिस्यु प्रयोग गर्नुभएको छ भने त्यसलाई चाँडै डिस्पोज गर्नुहोस्, रुघाखोकी लागेका विरामीहरुबाट कमसेकम ३ मिटरको दूरी कायम राख्ने, नियमित मनतातो पानी पिउने, रुघाखोकीबाट बच्नको लागि भिटामिन सी पाउने फलफुलहरुजस्तै कागती, अमलाको नियमित सेवन गर्ने, सफा लुगा लगाउने र हात साबुन पानीले समय समयमा धुने या सेनीटाइजर प्रयोग गर्ने, एकअर्कालाई अभिवादन गर्दा नमस्कार गर्ने, सभा सम्मेलनमा कमभन्दा कम सहभागी हुने र अति आवश्यक सहभागितामा होसियारी अपनाउने, कोरोना लागेको संघका लागेमा नआत्तिकन धैर्यताको साथ नजिकको अस्पताल वा स्वास्थ्य चौकीमा सम्पर्क राख्ने लगायतका अभियान चलाइरहेका छन् ।
बजारमा सुनिने भ्रमहरुलाई विश्वास गरेर त्रसित नहुन र कोरोना भाइरसको नियन्त्रणको लागि सरकारले पछिल्लो क्रममा उठाएको कदमहरु सह्रानीय छ, अब यो भाइरसको रोकथामका लागि हरेक नेपालीले अपनाउने सतर्कताले मुख्य भूमिका खेल्नेछ । त्यसैले सबैले छरछिमेकमा त्रसित नहुन युवाहरुमार्फत सन्देश दिएका छन् । मानव प्रलयको संकेतहरु देखिन थालेका आकलन विश्वभर भइरहेको बेला यो बिपतको बेलामा युवाको भूमिका बिशेष हुन्छ । युवा जाग्न सक्यो भने केही हदसम्म भएपनि यस रोगलाई कम गर्न सकिने उनले बताएका छन् । आफ्नो टोल छिमेकमा सचेतना फैलाउनेदेखि आफु र आफ्नो घरपरिवार मा यसबाट बच्ने उपाय अबलम्बन गर्ने हो भने, पनि यसलाइ रोक्न सकिन्छ । विश्वका महारथी चिन अमेरिकाजस्ता देशहरूमा यसले आफ्नो प्रभाव कायम राखेको छ । हाम्रो विकास उन्मुखदेश भएकाले यो फैलियो भने रोक्नका लागि फलामको चिउरा चपाउनु सरह नै हुन्छ । सरकारले अहिले देशमा लकडाउन जारी गरेको छ । यसको कार्यान्वयन को लागि सबैले आ–आफ्नो ठाउँबाट सहयोग गर्नुपर्छ । अहिलेसम्म बिदेश बाट नेपाल भित्रिएका हरुमा मात्र संक्रमण देखिएको छ । लकडाउन पूर्णरुपमा कार्यान्वयन गर्न सक्यौं भने पक्कै पनि यसलाइ सजिलै रोक्न सकिन्छ ।
युवाले आफ्नो प्रभाव देखाउने बेला पनि हो । देशका भाग्य र भविष्य भनेका युवा हुन् । बिश्व कोरोनाको चपेटामा परेको बेला युवा भूमिकाबिहीन भयौं भने देशले ठुलो कष्ट व्यहोर्नुपर्नेछ । त्यसैले जुनसुकै बिचार, पार्टीसँग सम्बन्धित भएपनि हातमा हात मिलाउँदै, काँधमा काँध मिलाएर युवा यसको रोकथामको लागि लड्नुपर्छ । देश लकडाउनमा रहेको बेला कतिपय दैनिक ज्यालादारी गरेर खाने मजदुर किसानहरु भोकमरीको चपेटामा छन् । तिनीहरुलाई हामीले बिभिन्न निकायसँग समन्वय गरेर सुरक्षित तवरले राहत वितरण कार्यमा सहयोग गर्नुपर्छ । अनाथालय लगायत बिभिन्न आश्रयस्थलमा आश्रय लिएर बसेकालाई पनि खानबस्नको लागि अभाव हुने भएकाले युवाहरु परिचलन गरेर उचित व्यवस्थापन गर्न सकिन्छ ।
विशेषगरी युवाहरुले हाम्रो टोलछिमेकमा विदेशबाट आएकालाई क्वारेन्टाइनमा राख्न सरकारलाई सघाउनुपर्छ । एक ठाउँबाट अर्को ठाउँमा कतिजना आए गए यो लागत राख्नुपर्छ । मुलतः हामीले यसका लक्षण र रोकथामका उपायलाई सबैलाई बुझाउन सक्यौ भने पक्कै पनि समाधान गर्न सकिन्छ । विकास निर्माण होस् वा विपद्को बेलामा होस्, सरकारको मात्र महत्वपूर्ण भूमिका हुँदैन, यसमा युवा वर्गको पनि महत्वपूर्ण भूमिका हुन्छ । त्यसैले सबैले आ–आफ्नो कर्तव्य पालना गर्ने बेला पनि आएको छ । लकडाउन अरुको लागि हैन हाम्रो लागि हो भनेर सबैमा सोच पलाउन पनि आवश्यक छ ।
उत्तमजंग सिंह ।