सूचनाको शक्ति - The Power Of Information

        

उपमहानगरभित्र जथाभावी ‘सेनिटाइज्ड’ नगर्न आग्रह

बाँके । नेपालगन्ज उपमहानगरपालिकाले उपमहानगरभित्रका स्थानहरुमा जानकारी र समन्वय नगरेर जथाभावी रसायनहरु नछर्न आग्रह गरेको छ । स्वास्थ्य शाखाले जारी गरेको सूचनामा उपमहानगरभित्रका जानकारी र समन्वय नगरी जथाभावी रसायनहरु छर्केर सेनिटाइन्ड नगर्न आग्रह गरिएको हो ।

स्वास्थ्य शाखा प्रमुख रामबहादुर चन्दद्वारा जारी सूचनामा नेपालगन्ज उपमहानगरभित्र केही संघसंस्था तथा व्यक्तिहरुले वडा, नगर तथा टोललाई सेनिटाइज्ड गर्न मापदण्ड नपुगेका इन्सेक्टिसाइट, पेन्सीसाइट लगायतका विभिन्न रसायनहरु छरेको पाइएकोले यस्ता कार्यबाट जीवजन्तु, वातावरण तथा मानवीय स्वास्थ्यमा समेत असर पर्ने हुँदा जानकारी र समन्वय नगरी जथाभावी रसायनहरु छर्केर सेनिटाइन्ड नगर्न भनिएको छ ।

प्रकाशित मिति : २० चैत्र २०७६, बिहीबार ०८:४१