सूचनाको शक्ति - The Power Of Information

        

कोरोना कहर : घरमै सडेका छन् मृतकका लाश, त्यही घरमा बस्छन् जीवित आफन्त

स्पेन । कोरोना भाइरसबाट पछिल्लो समय स्पेन निकै प्रभावित भएको छ । यहाँ अहिलेसम्म २२ सय भन्दा बढीको कोरोना भाइरसका कारण ज्यान गइसकेको छ । करिब ३५ जनार संक्रमित भएका छन् । पछिल्लो २४ घण्टामा मात्र यहाँ ४६० भन्दा धेरैको मृत्यु भइसकेको छ । चिहानघाटमा स्थान नभएपछि यहाँ लाशहरु घरमै सडिरहेका छन् । यी लाशहरुलाई व्यवस्थापन गर्न अब रकारले सेनाको सहयोग लिएको छ ।

कैयौं गम्भीर रुपले बिरामी भएका वृद्धहरुलाई उनीहरुको खराब हालतमै लावारिस छाडिएको छ । स्पेन चीन र इटलीपछि सबैभन्दा संक्रमित छ । यहाँ मृत्यु पनि इटली र चीनपछि सबैभन्दा धेरै भएको छ । १४ मार्चदेखि पूरै स्पेनलाई लकडाउन गरिएको छ । यति हुँदाहुँदै पनि मृत्यु हुनेहरुको संख्या लगातार बढिरहेको छ । स्पेनको सरकार तीव्ररुपमा जाँचको प्रक्रिया अगाडि बढाइरहेको छ तर यससँगै संक्रमितहरु पनि लगातार बढिरहेका छन् ।

यही बीचमा सेनालाई केयर होम्सलाई भाइरसमुक्त गराउने जिम्मेवारी दिइएको छ ताकि भाइरस फैलनबाट रोक्न सकियोस् । सेनालाई घरमा सडिरहेका लावारिस लाशहरु खोज्ने जिम्मेवारी पनि दिइएको छ । केही घरहरुमा कैयौं दिनदेखि लाशहरु सडिरहेका छन् तर संक्रमणको डरले त्यही घरमा बसिरहेका परिवारका अन्य सदस्यले लाश उठाउने हिम्मत गर्न सकिरहेका छैनन् ।

पछिल्लो समय स्पेनको सेनाले यस्ता घरहरुमा रहेका शवहरु व्यवस्थापन गरिरहेको छ । साथमा मृतकहरुमाथि कुनै हिंसा, हत्या वा यस्तै अपराध भएको हुनसक्ने बारेमा पनि जाँच गरिरहेको छ । सेनाले ती वृद्धाश्रमको पनि जाँच गरिरहेको छ जहाँ वृद्धहरु थिए । मड्रिडको वृद्धाश्रमको पनि जाँच भइरहेको छ जहाँ १७ वृद्धहरुको मृत्यु भएको थियो । एक स्थानीय अधिकारीका अनुसार अल्कोयमा २१ जना मारिएका छन् ।

अहिलेसम्म स्पेन सरकारले लावारिस लाशलाई कसरी व्यवस्थापन गरिएको छ भन्ने विषयमा आधिकारिक जानकारी दिएको छैन । स्पेनकी रक्षा मन्त्री माग्र्रिटा रोबल्सका अनुसार सेनाले केही यस्ता बिरामी वृद्धहरुलाई समेत फेला पारेको छ जो जीवित थिए तर उनीहरुलाई बेडमै छाडिएको थियो । रोबल्सका अनुसार वृद्धहरुको वृद्धाश्रममा ठिकसँग उपचार नभएको पाइएको छ । वृद्धहरुको हेरचाह ठिकसँग गरिएको थिएन । यसका लागि जिम्मेवारहरुमाथि कडा कारवाही हुने उनले बताइन् ।

प्रकाशित मिति : १५ चैत्र २०७६, शनिबार ११:१७