सूचनाको शक्ति - The Power Of Information

        

प्रधानमन्त्री ओली अस्पताल भर्ना

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई असहज महसुस भएपछि अस्पताल भर्ना गरिएको छ । बिहीबार राती ११ बजे ओलीले असहज महसुस गरेपछि महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पताल भर्ना गरिएको अस्पताल स्रोतले बताएको छ । उनको स्वास्थबारे थप विवरण भने आउन सकेको छैन ।

ओली गत फागुन ३० गते सोही अस्पतालबाट दोस्रोपल्ट मिर्गौला प्रत्यारोपण गरि ११ दिनमा बालुवाटार फर्किएका थिए । स्रोतले भन्यो, ‘प्रधानमन्त्रीलाई असहज महसुस भएपछि यहाँ भर्ना गरिएको हा ।’ थप जानकारी आउन सकेको छैन । ओलीलाई डिस्चार्ज गर्ने बेला उनको उपचारमा संलग्न चिकित्सकले उनी अझै पनि सक्रमणको जोखिममा रहेको भन्दै कडा सावधानी अपनाउन सुझाव दिएका थिए ।

प्रकाशित मिति : १४ चैत्र २०७६, शुक्रबार ०८:३१