फाइल तस्वीर
बाँके । महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्जस्थित क्वारेन्टाइनबाट सोमबार भागेकामध्ये ११ जना जाजरकोटमा पुगेको पाइएको छ । जिल्लाको भेरी नगरपालिका–११ मा ११ जना बेलुकी राति पुगेको नगरपालिका प्रमुख चन्द्रप्रकाश घर्तीले जानकारी दिए ।
नगर प्रमुख घर्तीका अनुसार भागेर आउनेमा भेरी–११ का मदे लोहार, माया लोहार, केशरे लोहार, कुमारो लोहार, लीले खड्का, परवीर महतारा लगायत छन् । उनीहरु क्याम्पसबाट तोडफोड गरी फरार भएका थिए ।
भेरी नगरपालिकाबाहेक शिवालय जुनिचाँदेमा समेत उनीहरुमध्ये प्रवेश गरेको आशङ्का गरिएको छ । जानकारीमा आएका ११ जनालाई स्थानीय प्रशासन र नगरपालिकाको पहलमा क्वारेन्टाइनमा राख्नका लागि चाँजोपाँजो भएको छ ।
सत्यपाटी ।