काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भुक्तानी सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग घुस लिएको आरोपमा सुर्खेतको भेरीगङ्गा नगरपालिकाका दुई कर्मचारीविरुद्ध विशेष अदालतमा बुधबार आरोपपत्र दायर भएको छ ।
प्रमुख प्रशासकीय अधिकृत कमलप्रसाद पौडेल र खानेपानी तथा सरसफाइ टेक्निसियन चित्रबहदुर केसीविरुद्ध विशेष अदालतमा आरोपपत्र दायर गरिएको हो । नगरपाकिालको वडा नं ११ को तल्लो बराहस्थित झोलुङ्गे पुल निर्माण कार्य सम्पन्नपश्चात भुक्तानी दिने क्रममा प्रशासकीय अधिकृत पौडेलको आदेशमा टेक्निसियन केसीले सेवाग्राहीसँग रु दुई लाख घुस लिएको आयोगले आरोप लगाएको छ ।
सत्यपाटी ।