सूचनाको शक्ति - The Power Of Information

        

सुर्खेतमा नक्कली डाक्टर पक्राउ

सुर्खेत । सुर्खेत एक जना नक्कली डाक्टरलाई प्रहरीले पक्राउ गरेको छ । अर्कैको काउन्सिल दर्ता नम्बर राखेर शुभलक्ष्मी अस्पताल सुर्खेतमा आफ्नो नामको साइनबोर्ड टाँस गरी बिरामीको उपचारमा संलग्न एक नक्कली डाक्टरलाई प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीले नक्कली डाक्टर दीपेन्द्र काफ्लेलाई पक्राउ गरेको जनाएको छ । नेपाल मेडिकल काउन्सिल बाँसबारीको यही फागुन ५ गतेको पत्र अनुसार छानबिन गर्न र केन्द्रीय अनुसन्धान ब्युरोको यही फागुन ८ गतेको आवश्यक कारवाहीका लागि निर्देशन अनुसार काफ्लेलाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक रवि रावलले जानकारी दिए ।

पक्राउ गरिएका काफ्लेलाई सुर्खेत जिल्ला अदालतबाट पहिलो पटक दिन तीन दिन म्याद थपको अनुमति लिइ अनुसन्धान कार्य थालिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता समेत रहेको प्रहरी नायब उपरीक्षक रावलले बताए । प्रहरी नायब उपरीक्षक रावलका अनुसार थप अनुसन्धान कार्यसमेत अघि बढाइएको छ ।

प्रकाशित मिति : ३० फाल्गुन २०७६, शुक्रबार १२:५७