सूचनाको शक्ति - The Power Of Information

        

टिप्परको ठक्करबाट कोहलपुरमा मजदुरको मृत्यु

बाँके । बाँकेको कोहलपुर–८ पिपिरीमा टिप्परको ठक्करबाट एक जना मजदुरको मृत्यु भएको छ । रा १ ख २१८८ नम्बरको टिप्परको ठक्करबाट कोहलपुर–९ झण्डहवाका रामपति थारुको मृत्यु भएको हो ।

इलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी नायव उपरीक्षक कुलदिप चन्दका अनुसार नेपालगन्जबाट कोहलपुरतर्फ जाँदै गर्दा थारुलाई टिप्परले ठक्कर दिएको थियो । ठक्कर दिने टिप्पर र चालकलाई इलाका प्रहरी कार्यालय कोहलपुरले नियन्त्रणमा लिएको छ ।

टिप्परको ठक्करबाट मजदुरको मृत्यु भएपछि पिपिरी क्षेत्र तनावग्रस्त भएको छ । स्थानीयहरुले अहिले चक्काजाम गर्दै यातायात अवरुद्ध गरेका छन् । स्थानीयहरुले टिप्पर चालकलाई कारबाहीको माग गर्दै मृतकका आफन्तलाई उचित क्षतिपूर्ति दिन मागसमेत गरेका छन् ।

प्रकाशित मिति : २८ फाल्गुन २०७६, बुधबार ११:५०