सूचनाको शक्ति - The Power Of Information

        

ट्रम्पको सुरक्षामा खटिँदै पाँच लङ्गुर !

नयाँदिल्ली । अमेरिकी राष्ट्रपतिका लागि भारतमा उच्च सुरक्षाको बन्दोबस्त गरेपछि सुरक्षा निकाय आगरामा हुने बाँदर आतंकका कारण चिन्तित छन् । यसकारण सुरक्षा निकायले ट्रम्पको कार्केड चल्ने रुटमा पाँचवटा लङ्गुर (लामो पुच्छर भएको बाँदर) तैनाथ गरेको छ । त्यहाँ थुप्रै बाँदर भएकोले उनीहरुसँग लड्न र सुरक्षाका लागि पाँचवटा लङ्गुर खटाइएको भारतीय सञ्चारमाध्यम न्यूज–१८ ले बताएको छ ।

अमेरिकी राष्ट्रपति र उनकी श्रीमती मेलानिया ट्रम्प सोमबार अर्थात् आज ताज महल भ्रमण गर्ने तालिका छ । सुरक्षाका लागि अमेरिकन सिक्रेट सर्भिस, पारामिलिटरी फोर्सका १० कम्पनी, पीएसी र एनइसजी कमान्डोका १० कम्पनीलाई खटाइएको छ । राष्ट्रपति ट्रम्प दुई दिवसीय भ्रमणका लागि आजै भारत पुगेका छन् । राष्ट्रपति ट्रम्पको अहमदाबाद एयरपोर्टमा प्रधानमन्त्री मोदीले स्वागत गरेका छन् । ट्रम्पसँग अमेरिकी फर्स्ट लेडी मेलानिया ट्रम्प र छोरी इभांका ट्रम्प पनि छन् ।

प्रकाशित मिति : १२ फाल्गुन २०७६, सोमबार १३:४४