सूचनाको शक्ति - The Power Of Information

        

कोरियामा कोरोना : नेपालीलाई सावधान रहन दूतावासको आग्रह

काठमाडौं । दक्षिण कोरियामा कोरोना भाइरसको संक्रमण फैलिएपछि दक्षिण कोरियामा रहेका नेपालीमा संक्रमण फैलन सक्ने भन्दै सावधानी अपनाउन सिओलस्थित नेपाली दूतावासले आग्रह गरेको छ । सिओलस्थित नेपाली दूतावासले आइबातर प्रेस विज्ञप्ति जारी गर्दै नोबेल कोरोनाभाइरस संक्रमणबाट जोगिन दक्षिण कोेरियाली सरकारको स्वस्थ्य निकायले जारी गरेको सुरक्षा उपायहरु लागू गर्न विज्ञप्तिमार्फत निर्देशन दिएको हो ।

नोबेल कोरोनाभाइरसको संक्रमण चीनको हुवे प्रान्तको वुहान सहरबाट विश्वभर महामारीको रुपमा फैलिँदै गएको छ । हालसम्म दक्षिण कोरियामा नोवेल कोरोना भाइरसको संक्रमण ४०० भन्दा बढीमा फैलिसकेको छ । अवैधरुपमा बस्दै आएका कामदारलाई समेत कोरिया सरकारले केही पनि नगर्ने हुँदा कोरोना संक्रमणको शंका लागेमा उपचार गर्नका लागि अस्पताल जानसमेत दूतावासले विज्ञप्तिमा उल्लेख गरेको छ ।

त्यसैले दक्षिण कोरियामा रहेका नेपालीमा समेत कोरोना भाइरसको संक्रमण फैलन सक्ने भन्दै कारियामा रहेका नेपालीलाई दूतावासले विज्ञप्ति जारी गरेर सतर्क रहन आग्रह गरेको हो । दक्षिण कोरियाको थुगु आसपासको क्षेत्रमा कोरोनाभाइरस संक्रमित रहेको विज्ञप्तिमा उल्लेख गरिएको छ । त्यस क्षेत्रमा रहेका नेपाली श्रमिक र विद्यार्थीलाई सजकता अपनाउन सोलस्थित नेपाली राजदूतावासले विज्ञप्तिमार्फत निर्देशन दिएको हो ।

 

प्रकाशित मिति : ११ फाल्गुन २०७६, आइतवार १२:५९