सूचनाको शक्ति - The Power Of Information

        

यौनशक्ति बढाउन चिनियाँ युवकले खाए जिउँदो भ्यागुतो !

एजेन्सी । संसारभरीका ७५ हजार १९६ व्यक्ति कोरोना भाइरसले संक्रमित भएका छन् । यीमध्ये ७४ हजार १८५ व्यक्ति त चीनमा मात्रै छन् । यो घातक भाइरसकाकारण अहिलेसम्म २ हजार ९ को मृत्यु भइसकेको छ । यीमध्ये चीनमा २ हजार ४ व्यक्ति छन् । कोरोना भाइरस फैलनुमा चिनियाँको खान्कीलाई दोष दिइएको छ ।

अब एउटा भिडियो सोसल मिडियामा भाइरल भइरहेको छ जसमा एक चिनियाँ नागरिक खुला बजारमा एउटा जिउँदो भ्यागुतो खाइरहेको देखिएका छन् । कोरोना भाइरस कसरी फैलियो भन्नेबारे केही पत्ता लाग्न नसकेको अवस्थामा चिनियाँ युवकको यस्तो व्यवहारले मानिसहरु विचलित छन् । वैज्ञानिक र स्वास्थ्य विज्ञले यो भाइरस चमेरोबाट फैलियो वा सर्प वा कुनै जनावरबाट मानिसमा सरेको हो भन्ने प्रमाण खोजिरहेका छन् ।

सार्वजनिक भएको भिडियो अनुसार सुरुमा ती युवकले भ्यागुतोको टाउकोलाई दाँतले टोके त्यसपछि भ्यागुताको दिमाग निकालेर खाए । चीनमा विदेश मन्त्रालयका स्वास्थ्य विशेषज्ञ यानझांग हुआंगले चीनमा जीवित जनावर खानु एउटा परम्परा नै भएको बताए । उनले भ्यागुता खाँदा यौन शक्ति वृद्धि हुने पनि बताए । चीनमा यस्ता जीव जनावरलाई विभिन्न बजारबाटै खरिद गर्न सकिन्छ ।

यानझांग हुआंगका भने, ‘हामीले सोसल मिडियामा भाइरल भएको यो भिडियोको अनुसन्धान गरेका छौं र यो सन् २०१६ को भिडियो भएको पत्ता लागेको छ ।’ भिडियोमा देखिए अनुसार ती व्यक्तिले भ्यागुतालाई सुरुमा टाउकोमा टोक्छन् र हातले भ्यागुताको छालालाई सर्लक्कै मुनिसम्म च्यातिदिन्छन् । त्यसपछि उनले क्यामराको अगाडि भ्यागुताको दिमाग निकालेर खान्छन् ।

ती युवकले लाइभस्ट्रिम भिडियोमा विभिन्न जनावर खाएको भिडियो पोष्ट गरेर चर्चा बटुल्ने गरेको बुझिएको छ । सोसल मिडियामा उक्त भिडियो भाइरल भएपछि हज्जारौं कमेन्ट आइरहेका छन् । एक सोसल मिडिया प्रयोगकर्ताले चीनमा यसकारण पनि कोरोना भाइरस फैलिएको बताएका छन् ।

प्रकाशित मिति : ७ फाल्गुन २०७६, बुधबार १३:४२