काठमाडौं । चीनका स्वास्थ्यकर्मीले कोभिड–१९ अर्थात नोवेल कोरोना भाइरसका संक्रमित ४४ हजारभन्दा बढीमाथि भएको अनुसन्धानको विस्तृत विवरण सार्वजनिक गरेको छ । नोवेल कोरोना भाइरसको संक्रमण फैलिएयता भएको यो सबैभन्दा ठूलो अध्ययन हो ।
चीनको सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सन (सिसिडिसी) सार्वजनिक गरेको तथ्यांकमा ८० प्रतिशत भन्दा बढीमा संक्रमणहरु मध्यस्तरका हुन् । यस्तै संक्रमणबाट सबैभन्दा बढी जोखिम पाको उमेरका मानिस र बिरामीमा देखिएका छन् । यस्तै स्वाथ्यकर्मीमा पनि संक्रमणको उच्च जोखिम देखिएको छ ।
मंगलबार वुहानको एक अस्पतालका निर्देशकको कोभिड–१९ का कारण मृत्यु भएको थियो । चीनमा अहिलेसम्म कोभिड–१९ का कारण १ हजार ८६८ जनाको मृत्यु भएको छ । यस्तै ७२ हजार ४३६ जनामा संक्रमण पुष्टि भएको छ । १२ हजारजना भन्दा बढी संक्रमण निको भएर घर फर्किएका छन् ।
सत्यपाटी ।