सूचनाको शक्ति - The Power Of Information

        

प्रधानमन्त्री ओलीलाई पूर्वराजाको ‘घोचपेच’

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले सपना बाढ्ने काम मात्र भएको भन्दै प्रधानमन्त्री ओलीलाई ‘घोचपेच’ गरेका छन् । फागुन ७ को प्रजातन्त्र दिवशका अवसरमा मंगलबार विज्ञप्ति जारी गर्दै उनले सपना मात्र बाढ्ने काम भएको भनि प्रधानमन्त्रीलाई घोचपेच गरेका हुन् । भारत भ्रमणमा रहेका पूर्वराजा शाहले भविश्यको कोरा सपना मात्र बाँडेर नेपालका राजनीतिक दलका नेताहरुले समय खेर फालेको बताए ।

उनले प्रजातन्त्र कर्म उत्रन र व्यवहारमा देखिन सक्नुपर्ने, तर त्यस्तो हुन नसकेको बताएका छन् । विज्ञप्तिमा भनिएको छ, ‘प्रजातन्त्र शब्दमा होइन, कर्ममा उत्रन सक्नुपर्दछ । रुपमा होइन, सारमा झल्कनुपर्दछ, हामी देश दर्शन र वैदेशिक भ्रमणमा जब जान्छौं, त्यहाँ प्राय सुन्ने बुझ्ने गर्दछौं, नेपालको प्रजातन्त्र जनजीवनको उत्थानमा, उमंगमा र उत्साहमा सार्थक हुन सकिरहेको छैन ।’ पूर्वराजाले प्रजातन्त्र केही टाठाबाठा र केहीको आर्थिक स्वार्थका लागिमात्र होइन भन्दै सबै जनताले प्रतिफल पाउनुपर्ने बताएका छन् ।

प्रकाशित मिति : ७ फाल्गुन २०७६, बुधबार ०८:५१