सूचनाको शक्ति - The Power Of Information

        

मदिना मस्जिदको अध्यक्षमा वडाध्यक्ष बेहना निर्विरोध

बाँके । नेपालगन्ज उपमहानगरपालिका–४ का अध्यक्ष एवं राप्रपा पाँच नम्बर प्रदेश सदस्य मोहम्मद सफिक बेहना नेपालगन्जको प्रसिद्ध मदिना नुरि मस्जिदको सञ्चालक समितिको अध्यक्ष पदमा निर्विरोध चयन भएका छन् ।

सामाजिक रुपान्तरणको आन्दोलनहरुमा महत्वपूर्ण भूमिका निर्वाह गरिसकेका बेहनाले अध्यक्षमा चयन भएपछि विद्यालय र समुदायको विकासका लागि सबैसँग हातेमालो गर्दै अहोरात्र खट्ने र विद्यालयलाई जिल्लाकै नमुना बनाउन उदाहरणीय काम गर्ने लक्ष्य रहेको बताए ।

उनले मुस्लिम समुदाय शिक्षामा पछाडि परिरहेको अबस्थालाई ध्यान दिदै प्रभावकारी शिक्षामा जोड दिने जिकिर गरे । उनले भने, ‘सामुदायीक विद्यालयको स्तर खस्कदै जानु र बिद्यार्थी अनियमिततासमेत बढ्दै जानुमा शिक्षक, अभिभावक र सरकारी निकाय सबै समानरुपमा जिम्मेवार रहेकोले सबैले आ–आफ्नो दायित्व पुरा गर्नुपर्ने बताए ।

आफू सदैब बिद्यालय सुधारमा कटिबद्ध भएर लाग्ने प्रतिबद्धता व्यक्त गर्दै अध्यक्ष बेहनाले जनताले निर्वाचित गरेर वडाध्यक्ष बनाएको केहि बर्षमै फेरि धार्मिक संस्थाको जिम्मेवारी दिएर थप जिम्मेवार बनाएको बताए । उनले मदरसासँगै मस्जिदको संरचनामा समेत सुधार गर्दै सबैको साझा बनाउनेतर्फ अग्रसर हुने बताए ।

प्रकाशित मिति : २९ माघ २०७६, बुधबार १५:०९