बाँके । राप्ती नदीमा नुहाउने क्रममा बेपत्ता भएका व्यवसायी शिव शर्माको शव भेटिएको छ । राप्तीसोनारी गाउँपालिका–१, अगैयामा पिकनिक खान गएका शर्मा खाना खाइसकेपछि राप्ती नदीमा नुहाउने क्रममा शनिबार दिउँसो २ बजेदेखि बेपत्ता शर्माको शव सुरक्षा वेस क्याम्प शम्शेरगन्जको टोलीले राप्ती नदीबाट निकालेको हो ।
कोहलपुर–१४, चप्परगौडीका शर्मा बेपत्ता भएपछि प्रहरी र स्थानीयबासीको सहयोगमा उनको शनिबार दिनभरी खोजी गरिएको थियो । अगैया बजारको नजिकै रहेको झोलुङ्गे पुल तल शनिबार बैंकका कर्मचारी र स्थानीय व्यवसायीहरुको समुह पिकनिक खान गएको थियो । ईलाका प्रहरी कार्यालय कोहलपुरले नदीमा बेपत्ता भएका ४२ वर्षीय शर्मा फेला परेको जनाएको छ ।
तस्वीरहरु : हेमन्त चौधरीको फेसबुकबाट
सत्यपाटी ।