बाँके । राप्ती नदीमा नुहाउने क्रममा बेपत्ता भएको भनिएका व्यवसायी शिव शर्मा अझै भेटिएका छैनन् । शनिबार दिउँसो २ बजेदेखि बेपत्ता शर्माको खोजीका लागि नेपाल प्रहरी, नेपाली सेना तथा स्थानीयबासीको सहयोगमा खोजी आज पनि जारी राखेको छ ।
बाँकेको राप्तीसोनारी गाउँपालिका–१, अगैयामा पिकनिक खान गएका शर्मा खाना खाइसकेपछि राप्ती नदीमा नुहाउने क्रममा बेपत्ता भएको बताइएको छ । अगैया बजारको नजिकै रहेको झोलुङ्गे पुल तल शनिबार बैंकका कर्मचारी र स्थानीय व्यवसायीहरुको समुह पिकनिक खान गएको थियो ।
कोहलपुर–१४, चप्परगौडीका शर्मा बेपत्ता भएपछि प्रहरी र स्थानीयबासीको सहयोगमा उनको शनिबार दिनभरी खोजी गरिएको थियो । खोजतलासबाट नभेटिएपछि शनिबार अपरान्ह नेपाली सेनाको टोलीले शर्माको खोजीका लागि घटना स्थल पुगेको थियो । यतिवेला घटनास्थलमा नेपाल प्रहरी र नेपाली सेनाको गोताखोर टोलीले शर्माको खोजी गरिरहेको बुझिएको छ ।
सत्यपाटी ।