सूचनाको शक्ति - The Power Of Information

        

कोरोना भाइरसबारे पहिलो चेतावनी दिने चिनियाँ चिकित्सक वेनलियाङ्गको मृत्यु

काठमाडौं । चीनमा फैलिएको कोरोना भाइरसको बारेमा सबैभन्दा पहिलो पटक चेतावनी दिने चिकित्सकको मृत्यु भएको बीबीसीले जनाएको छ । चिनियाँ सरकारी सञ्चार माध्यम तथा विश्व स्वास्थ्य संगठनले पहिलो उसको मृत्युको खबर दिएका थिए । तर पछि वुहान केन्द्रीय अस्पतालले सामाजिक सञ्जालमार्फत उनको स्वास्थ्य गम्भीर रहेको र उनको जीवन बचाउने हरसम्भव प्रयास भइरहेको बताइएको थियो ।

चिनियाँ मिडियाका अनुसार वुहान केन्द्रीय अस्पतालका आँखा विशेषज्ञ वेन लियागनले कोरोना भाइरसबाट संक्रमित भएको तथा ३० डिसेम्बरमा उनले आफ्नो साथी चिकित्सकलाई केही विरामीमा कोरोना भाइरसको लक्षण देखिएको चेतावनी दिएका थिए । यसपछि स्थानीय प्रहरीले उसलाई नबोल्न र भ्रम नफैल्याउन भनेका थिए । तर पछि चिकित्सक ली कै कुरा सत्य साबित भयो । ३४ वर्षीया डा.ली वेनलियाङलाई चिनियाँ सामाजिक सञ्जालमा केही दिनदेखि ‘हिरो’को रुपमा देखाइएको छ । कारण डा. लीले सही समयमै सबैलाई सचेतता अपनाउन भनेका थिए ।

चीनमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ५६० पुगेको छ भने सरकारी तथ्याङ्क अनुसार २८ हजारभन्दा बढी मानिसहरु यो रोगबाट संक्रमित छन् । यो भाइरसको प्रकोप नियन्त्रण गर्न चीनले धेरै चीजमा अब कडाइ गर्ने घोषणा गरेको छ । स्थानीय मिडियाका अनुसार चीनको कैयौ ठूलो शहरमा घरबाट बाहिर साथै बसेर खाना खान समेत रोक लगाइएको छ भने ठूल्ठुलो भवनमा लिफ्ट बन्द गरिएको छ । यसका साथै कति मानिस एक पटकमा जान सक्ने भनेर पनि तोकिदिएको छ चीन सरकारले ।

को हुन डा. ली वेनलियाङ्ग ?

जब जनवरीको सुरुवातमा चीनको वुहान शहरमा एउटा नयाँ कोरोना भाइरसको खबर लुकाउने कोशिस भइरहेको थियो, त्यतिबेला वुहानमा एउटा चिकित्सक आफ्नो साथीलाई यसको बारेमा चेतावनी दिइरहेका थिए की यो निक्कै महामारी रोग हो । यसले धेरैको जीवन बर्बाद गर्न सक्छ, मृत्युको मुखमा लैजान सक्छ । सतर्क रहनू । तर त्यो भन्नबाट प्रहरीले उनलाई रोक लगायो । तर केही हप्तापछि जब डाक्टर ली वेनलियाङ्गले अस्पतालमा आफ्नो कहानी एउटा भिडियोमार्फत सम्प्रेषण गरे, उनलाई साँच्चै नै नायकको रुपमा देखाउन थालियो ।

भिडियोमा डा.लीले भनेका थिए, ‘म वुहान सेन्ट्रल अस्पतालमा आँखाको चिकित्सकको रुपमा काम गर्छु । मैले कोरोनाको संक्रमण नयाँ स्वरुपमा देखिइसकेको छु । यो निक्कै खतरनाक हुन सक्छ ।’ उनले सात यस्तो इस्यू देखेका थिए जसमा श्वासप्रश्वासमा समस्या देखिने सार्स भाइरसको जस्तो लक्षण देखिएको थियो । सन् २००३ मा सार्स भाइरसले विश्वभर नै आतंक मच्चाएको थियो । यही भाइरस वुहानको हुनान सीफूड बजारबाट फैलिन सुरु र्गयो र संक्रमित मानिसलाई सबैभन्दा पहिला अस्पतालमा राखिएको थियो ।

एक लाख ८६ हजार मानिस चिकित्सकको निगरानीमा

ह्युमन राइट्स वाचले चीनको उक्त ‘लकडाउन’ क्षेत्रको चर्को आलोचना गर्दै भनेको छ, ‘चीन सार्वजनिक स्वास्थ्यलाई हथौडाले हानेर ठीक गर्न चाहन्छ । तर त्यो गलत हो ।’ चिकित्सकका अनुसार कोरोना भाइरस श्वावमा निक्कै दुस्ख दिन्छ र हल्का खोकीसँगै आफ्नो लक्षण देखाउन सुरु गर्छ । त्यसपछि बिरामीलाई कमजोर पार्दै लाने र श्वास फेर्न निक्कै कठिनाइ हुँदै जान्छ । तर चिकित्सकले यो कोरोना भाइरसबाट संक्रमित विरामीहरु विस्तारै निको हुँदै गइरहेको दाबी गरेका छन् । उनीहरुले यसलाई साधारण फ्लूजस्तै निको हुने बताएका छन् ।

चीनको नेशनल हेल्थ कमिसनका अनुसार कोरोना भाइरसबाट संक्रमित भएका १ हजार एक सयभन्दा बढी विरामीहरु पूर्णरुपमा ठीक भइसकेका छन् भने एक लाख ८६ हजारभन्दा धेरै सर्वसाधारणहरुलाई चिकित्सकको निगरानीमा राखिएको छ । वितेका दुई हप्तामा कोरोना भाइरसको संक्रमण बढ्दै गइरहेको छ भने चीन सरकारले नागरिकहरुले मनाउने जन्मिदन, विवाह र अन्य कार्यक्रमको आयोजना गर्नमा रोक गाइदिएका छन् ।

मेडिकल उपकरणको कमी

चीनको खुबे प्रान्तमा यो कोरोना भाइरसको सबैभन्दा धेरै प्रभाव देखिएको छ जहाँ अग्लो अग्लो भवनकव लाइटहरु निभाउन आदेश दिइएको छ जसले गर्दा मानिस घरबाछ बाहिर निस्किन नसकोस् । वुहानका एक वरिष्ठ चिकित्सक अधिकारीले भनेका छन्, ‘सरकार वुहानमा घरघर पुगेर मानिसहरुको रुघाखोकी जाँच्ने योजना बिनरहेको छ ।’ यता, हङकङमा पनि कोरोनाको बढ्दै गरेको संक्रमणले यहाँकामानिसहरुमा पनि त्रास फैलिएको छ ।

प्रकाशित मिति : २४ माघ २०७६, शुक्रबार ०७:४२