काठमाडौं । नेपाली कांग्रेस संसदीय दलका उपनेता विजयकुमार गच्छदार सांसदबाट निलम्बित भएका छन् । ललिता निवास प्रकरणमा उनलाई दोषी ठहर गर्दै अख्तियारले मुद्दा दर्ता गरेपछि उनी निलम्बनमा परेका हुन् ।
आयोगसम्बन्धी ऐनमा सार्वजनिक पद धारण गरेका व्यक्तिलाई भ्रष्टाचार आरोपमा मुद्दा लागेमा स्वतः निलम्बन हुने व्यवस्था छ । मुद्दाको किनारा नलाग्दासम्म स्वतः निलम्बन हुने व्यवस्था ऐनमा छ । उता कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले लालझण्डा ओढेपछि सबै खत पनि माफ हुने हो भनि प्रश्न गरेका छन् ।
प्रवक्ता शर्माले भने, ‘अख्तियारले बालुवाटारस्थित ललिता निवास जग्गा प्रकरणमा अदालतमा दायर गरेको मुद्दाको प्रकृति हेर्दा अनौठो संशय र प्रश्न उब्जाएको छ । लालझण्डा ओढेपछि जुनसुकै खत पनि माफ हुन्छ भन्ने भनाइ कतै पूरा हुने त होइन ?’
सत्यपाटी ।