सूचनाको शक्ति - The Power Of Information

        

दीर्घकालिन शिक्षा नीति बनाउनुपर्छ : उपराष्ट्रपति


बाँके । उपराष्ट्रपति नन्दबहादुर पुनले दीर्घकालिन शिक्षा नीति बनाउनुपर्ने बताएका छन् । पछिसम्मका लागि सोचेर शिक्षा नीति नबनाउँदा देशको शैक्षिक परिवर्तनमा उल्लेखिय प्रगति हुन नसकेको पुनको भनाई छ । बिहिवारबाट नेपालगन्जबाट सुरु भएको आठौं राष्ट्रिय पुस्तक प्रदर्शनी तथा शैक्षिक महोत्सव–२०७४ को उद्घाटन गर्दै उपराष्ट्रपति पुनले देशलाई आवश्यक पर्ने दक्ष जनशक्ति निर्माणका लागि नयाँ शिक्षा नीति बनाउन सरकारलाई सुझाव दिएका छन् ।
देशमा पुस्तक नीतिको समस्या रहेको बताउँदै पुनले अस्पष्ट पुस्तक नीति निर्माणका लागि सरोकारवाला निकायलाई दवाव दिनुपर्नेमा जोड दिए । उपराष्ट्रपति पुनले सबै तहका निर्वाचन सम्पन्न भइसकेपछि अब देश आर्थिक सम्बृद्धिको बाटोमा हिँडेको बताए । सोही अवसरमा बोल्दै पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघका अध्यक्ष हरिप्रसाद अर्यालले राज्यले पाठ्यपुसतक उत्पादन तथा विक्री बितरणमा नीजि क्षेत्रलाई प्रोत्साहन गर्न नसकेको भन्दै असन्तोष पोखे ।
उनले भने, ‘अस्पष्ट सरकारी नीतिका कारण पाठ्यपुस्तकको उत्पादन, बिक्रीवितरण र ढुवानीमा समस्या नै समस्या झेल्नुपरेको छ ।’ अध्यक्ष अर्यालले साझा प्रकाशनको मुल्यमै नीजि क्षेत्रलाई समेत पाठ्यपुस्तक उत्पादनमा प्रोत्साहन गर्न आग्रह समेत गरे । मध्यपश्चिम क्षेत्रीय शिक्षा निर्देशक हरि गौतमले शैक्षिक जागरणका लागि शैक्षिक महोत्सवले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताए ।
उनले शिक्षाले मात्र देश परिवर्तन गर्ने पनि बताए । सोही अवसरमा बोल्दै पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघका पूर्व केन्द्रीय अध्यक्ष धनराज आर्चायले काठमाडौंमा मात्र केन्द्रीत शैक्षिक गतिबिधि दशेका कुना काप्चामा पु¥याउन महासंघले शैक्षिक महोत्सव आयोजना गरेको बताए । उद्घाटन समारोहको अध्यक्षता महोत्सव आयोजक पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ बाँकेका अध्यक्ष एवं मूल आयोजक समितिका संयोजक बुद्धि प्रशाद अधिकारीले गरेका थिए । केन्द्रीय महासचिव नवनिधी पन्तले सन्चालन गरेको समारोहमा स्वागत मन्तब्य बरिष्ठ उपाध्यक्ष सालिक सुवेदीले गरेका थिए ।

शिक्षाबिद्, समाजसेवी तथा स्रष्टाहरुलाई बिशेष सम्मान


शैक्षिक महोत्सवको उद्घाटन सत्रमा उपराष्ट्रपति नन्दबहादुर पुनल शिक्षा क्षेत्रमा उल्लेखिय योगदान पु¥याउने शिक्षाबिद्, समाजसेवी तथा स्रष्टाहरुलाई बिशेष सम्मान गरेका छन् । ख्याति प्राप्त शिक्षाबिद्ध् डा सुरेश आचार्य, निर्माता, संगीतकर्मी एव कलाकार यादव खरेल, साहित्यकार सनत रेग्मी, समाजसेवी हरिप्रशाद रावत, पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ बा“केका संस्थापक अध्यक्ष बसन्त लामिछाने, पूर्वअध्यक्ष नायाराण ज्ञवाली र प्राविधिक शिक्षाका क्षेत्रमा उल्लेखिय योगदान पु¥याउने सञ्जय सिंहलाई महासंघका तर्फबाट बिशेष सम्मान गरिएको थियो । सम्मानित भएपछि डा. सुरेश आचार्यले देशमा भएका शिक्षा क्षेत्रका परिवर्तनहरुलाई सन्तोषमान सकिए पनि यसलाई अझै बिस्तार गर्नुपर्नेमा जोड दिए ।
आचार्यले समयक्रम अनुसार शिक्षा क्षेत्रमा आएका परिवर्तनहरुलाई सबैले आत्मसाथ गर्न सक्नुपर्ने बताए । ७ दिनसम्म सन्चालन हुने महोत्सवका माध्यमबाट पुस्तक र त्यससंग जोडिएका विद्यार्थीहरुको आन्तरिक प्रतिभा प्रस्फुटन गर्दै उनीहरुमा रचनात्मक क्षमताको अभिवृद्धि गर्ने उद्देश्य रहेको छ । महोत्सवमा दुई लाख बढि दर्शक भित्राईने छ भने १५० बढि स्टलहरु रहने छ । स्टलहरुमा विभिन्न मसलन्द तथा शैक्षिक सामाग्रीका राष्ट्रिय उत्पादनहरु, बैदेशिक उच्च शिक्षाका लागि क्रियाशील कन्सल्टेन्सीहरु, सूचनामूलक कम्प्युटर सम्बन्धी एजेन्सीहरु राखिएका छन् । महोत्सवलाई थप मनोरन्जनात्मक बनाउन, कला र संस्कृति जगेर्ना गर्नका लागि स्थानीय तथा राष्ट्रिय कलाकारहरुबाट गीत तथा नृत्य प्रस्तुत गर्नुका साथै अवलोकनकर्ता तथा सहभागीताका लागि खाजाघर एवं प्राथमिक उपचार कक्ष छ ।


महोत्सवका माध्यमबाट नेपालगन्जको ऐतिहासिक र पुरानो महेन्द्र पुस्तकालय लगायत पुस्तकालयहरुको प्रचारप्रसार गरी संरक्षण तथा सम्बद्र्धनमा ध्यानाकर्षण गराउने , पठन संस्कृतिको अभियानमा लागि पर्ने व्यक्ति, संघसस्थाहरुसँग सहकार्यमा सामाजिक रुपान्तरणको अभियान सञ्चालन गर्दै जिम्मेवार व्यवसायी संस्थाको रुपमा स्थापित गर्ने, व्यवसायीहरुको दक्षता र क्षमता अभिवृद्धि गराई व्यवसायलाई प्रर्बद्धन गर्दै सामाजिक दायित्वबोधका साथ सक्षम तुल्याउने लक्ष्य रहेको छ । प्रथम पटक २०६४ सालमा बुटवलबाट शुरु भएको राष्ट्रिय शैक्षिक महोत्सव २०६६ मा पुन बुटवल, दोस्रो २०६७ धनगढी, २०६८ चितवन, २०६९ पोखरा,२०७१ झापा, २०७२ मा ग्लोबल एक्पोजिसन संघको संयुक्त आयोजनामा काठमाडौ ,२०७३ मा दाङ हँुदै आठौ राष्ट्रिय पुस्तक प्रदर्शनी तथा शैक्षिक महोत्सव नेपालगन्जमा गरिएको हो ।

प्रकाशित मिति : २८ मंसिर २०७४, बिहीबार ११:५०