सूचनाको शक्ति - The Power Of Information

        

गीत : ‘कोही छैन पराई’

चिरञ्जीवी ढकाल

चिरञ्जीवी ढकाल

हिमाल हाम्रो पहाड हाम्रो, हाम्रै हो तराई ।
सबैको साझा घर हो नेपाल, कोही छैन पराई ।।

धोती लगाउँ, दौरा लगाउँ, कपडा एउटै ।
मन्दिरभित्र हामीले पुज्ने, भगवान दुरुस्तै ।।
जो जहाँ पनि, सकिन्छ जान, सरेर बसाइँ ।
सबैको साझा घर हो नेपाल, कोही छैन पराई ।।

हिमाल हाम्रो पहाड हाम्रो, हाम्रै हो तराई ।
सबैको साझा घर हो नेपाल, कोही छैन पराई ।।

कालो र गोरो तेरो र मेरो, भ्रमको खेती हो ।
अग्लो र होचो धर्तीले गर्दा, फरक यत्ति हो ।।
गर्दैनौं हामी हारजीतको, आपसी लडाँई ।
सबैको साझा घर हो नेपाल, कोही छैन पराई ।।

हिमाल हाम्रो पहाड हाम्रो, हाम्रै हो तराई ।
सबैको साझा घर हो नेपाल, कोही छैन पराई ।।

कतै छ पानी कतै छ खानी, कतै छ अनाज ।
विश्वकै लागि नमुना सँधै, यो हाम्रो समाज ।।
गरेर अझैं देखाउनु छ, भन्ने र गराई ।
सबैको साझा घर हो नेपाल, कोही छैन पराई ।।

हिमाल हाम्रो पहाड हाम्रो, हाम्रै हो तराई ।
सबैको साझा घर हो नेपाल, कोही छैन पराई ।।

 

१९ माघ २०७६
नेपालगन्ज–२०, राँझा एयरपोर्ट, बाँके

प्रकाशित मिति : २२ माघ २०७६, बुधबार १०:१२