सूचनाको शक्ति - The Power Of Information

        

मुक्तक

चिरञ्जीवी ढकाल

चिरञ्जीवी ढकाल

(१)
गुन नचिन्नेलाई, लगाएर के फाइदा ?
हैंसे बिर्सनेलाई, सगाएर के फाइदा ?
काम बने भाँडमा जाय, जनता भन्छन्,
त्यस्ताका लागि निन्द्रा, भगाएर के फाइदा ?

(२)
जहाँ भोक छ त्यहीँ, पकवान हुदैन,
हरदम समय, बलवान हुँदैन,
अमिरै होस् हात गोडा, चल्नु नै पर्छ,
अल्छीको सेवा गर्ने, भगवान हुँदैन ।

(३)
रती ठान्यो आँखामा राख्यो, बिझाउने गेडा भै दिन्छन्,
जसलाई आफ्नो ठानी पठायो नि, उनै टेडा भै दिन्छन्,
भलीभाँतीको परिपक्व मान्छे, नेता छानी पठायो गाँठे,
के मन्त्र छ हाम्रो राजधानीसँग, फ्याट्टै भेडा भै दिन्छन् ।

 

१५ माघ २०७६
नेपालगन्ज–२०, राँझा एयरपोर्ट, बाँके

प्रकाशित मिति : १५ माघ २०७६, बुधबार ०९:१८