सूचनाको शक्ति - The Power Of Information

        

गायिका आस्था राउत धरौटीमा रिहा

काठमाडौं । गायिका आस्था राउत चार हजार रुपैयाँ धरौटीमा रिहा भएकी छिन् । जिल्ला प्रशासन कार्यालय काठमाडौँको आदेशमा आज राउत चार हजार रुपैयाँ धरौटीमा रिहा भएकी हुन् ।

अभद्र व्यवहार सम्बन्धी मुद्दा खेपिरहेकी आस्थालाई काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले धरौटीमा छाड्ने आदेश गरेका हुन् । आस्था राउतलाई चार दिन हिसासतमा राख्ने आदेश हिजोमात्रै अधिकारीले दिएका थिए । तर उनको त्यो आदेशको व्यापक आलोचना र विरोध भएको थियो ।

गायिका राउतलाई अनुसन्धानका लागि भनी प्रहरीले सात दिन हिसासतमा राख्ने माग गरेको भए पनि प्रमुख जिल्ला अधिकारीले चार दिनको आदेश जारी गरेका थिए । तर प्रहरीले आज अनुसन्धान पूरा भएको जनाउँदै रायसहितको प्रतिवेदन जिल्ला सरकारी वकील कार्यालयमा बुझाएको थियो र सोही आधारमा आज जिल्ला प्रशासन कार्यालयमा गायिका राउतविरुद्ध अभियोगपत्र पनि दायर भइसकेको छ ।

प्रकाशित मिति : १४ माघ २०७६, मंगलवार १६:३१