सूचनाको शक्ति - The Power Of Information

        

तीन महिने शिशुको गुप्ताङ्ग कुकुरले खाइदियो

कालिकोट । कालिकोट जिल्लाको रास्कोट नगरपालिका–३ निवासी तीन महिने बालकको कुकुरले गुप्ताङक खाइदिएको छ । डोकामा सुतिरहेको वेला तीन महिनाका बालक अविनाथ दर्जीको आफ्नै घरमा पालेको कुकुरले पुरै गुप्ताङ्ग खाएको हो ।

आमा संगीता दर्जीले आफनो छोरालाई उपचारमा सहयोग गर्न हारगुहार गरेकी छन् । बालकलाई कुकुरले आक्रमण गरेको केही समयपछि उपचार गर्न नजिकैको स्वास्थ्य चौकीमा पुर्याए पनि उपचार हुन हुन नसकेपछि जिल्ला अस्पताल मान्ममा रिफर गरिएको बालकको उपचारमा संलग्न चिकित्सक धर्मराज शाहीले बताए ।

प्रकाशित मिति : १४ माघ २०७६, मंगलवार ११:५५