सूचनाको शक्ति - The Power Of Information

        

खाल्डोमा पुरिएर सासु–बुहारीको मृत्यु

जुम्ला । घर लिप्ने माटो निकाल्न बनाइएको खाल्डोमा पुरिएर जुम्लामा सासु–बुहारीको मृत्यु भएको छ । घर पोत्ने रातो माटो ल्याउन गएका चन्दननाथ नगरपालिका–४ सिंहाचौरकी सासु–बुहारीको पुरिएर मृत्यु भएको हो ।

नगरपालिका–४ कै मालाभिडको जङ्गलमा गएकी ४५ वर्षकी नाक्चु सुनार र २५ वर्षकी बुहारी स्यान सुनारको माटो खन्ने क्रममा ढिस्को भासिएर घटनास्थलमै मृत्युु भएको डिएसपी लालबहादुर धामीले जानकारी दिए ।

उनका अनुसारसँगै माटो खन्न गएका नविना ऐडी र पञ्चकन्या सुनार घाइते भएका छन् । सोमबार माटो खन्ने क्रममा माटोको ढिस्को भासिएको थियो । मृतक दुवैलाई शवपरीक्षणका लागि अस्पताल पु¥याइएको छ भने घाइते दुवैको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ ।

प्रकाशित मिति : १४ माघ २०७६, मंगलवार ११:५४