सूचनाको शक्ति - The Power Of Information

        

कुपोषणबाट चार लाख बालबालिकाको मृत्यु हुने युनिसेफको चेतावनी


काठमाडौं । राष्ट्रसङ्घीय बाल कोष (युनिसेफ) ले आउँदो वर्ष सन् २०१८ मा मात्रै कङ्गोमा ४ लाख बालबालिकाको मृत्यु हुन सक्ने चेतावनी दिएको छ । कुपोषणको अवस्था अहिलेकै जस्तै रहे मृत्यु हुनेको संख्या भयावह हुन सक्ने युनिसेफले चेतावनी दिएको हो । युनिसेफलेसबैभन्दा धेरै कसाई क्षेत्रमा मृत्यु भएको पाइएको जानकारी दिइएको छ ।
विभिन्न खालका हिंसा, आम विस्थापन र न्यून गुणस्तरको कृषि उत्पादनका कारण गत १८ महिनाको अवधिमा ठूलो संख्यामा बालबालिकाको मृत्यु भएको युनिसेफले जनाएको छ । ती ठाँउहरूमा सुरक्षाको अवस्था पनि कमजोर भएको, विस्थापित भएकाहरू आफ्नो गाँउघरतर्फ फर्किन लागेको र मानवअधिकारको अवस्था नाजुक रहेको अधिकारीहरूले बताएका छन् ।
ठूलो क्षेत्रमा धेरै जनामा खाद्य असुरक्षा देखिएको र आउँदो सन् २०१८ को जुनसम्ममा सुधार हुने अवस्था पनि देखिएको छैन । स्वास्थ्य सेवा खस्किँदै गएको, सबैलाई उपचार सेवा पुर्याउन गाह्रो भइरहेको र कुपोषण भएका बालबालिकालाई पर्याप्त हेरचाह हुन नपाएकाले मृत्यु हुनेको संख्या बढ्ने देखिएको युनिसेफको ठम्याइ छ । रासस

प्रकाशित मिति : २८ मंसिर २०७४, बिहीबार ०६:५९