सूचनाको शक्ति - The Power Of Information

        

‘समृद्धिका लागि जनप्रतिनिधिलाई उत्तरदायी बनाउनुपर्छ’


कल्पना बोहरा/अछाम । नेकपा एमालेका सचिावलय सदस्य तथा प्रतिनिधिसभा क्षेत्र नं. १ का संयोजक प्रकाश शाहले अछामको समृद्धिको लागि जनप्रतिनिधिलाई उत्तरदायी बनाउन एमाले कटिबद्ध रहेको बताएका छन् । रेडियो जनप्रियको एक कार्यक्रममा बोल्दै उनले वामगठबन्धनलाई देशको आर्थिक विकासको लागि जनताले जिताएको भन्दै जनताको मतको सदुपयोगको लागि जनप्रतिनिधिलाई दवाव दिने बताए ।
अव जनताले भाषणभन्दा पनि देखिने गरी विकासको अपेक्षा राखेकाले त्यही अनुसार काम गर्न जनप्रतिनिधिलाई सुझाव सल्लाह दिने पनि बताए । उनले निर्वाचन क्षेत्र नं. का सेती लोकमार्ग, बुढीगंगा जलविद्युत आयोजना, मध्यपहाडी लोकमार्ग, साँफेबगर नमूना शहरजस्ता राष्ट्रियस्तरका आयोजनाहरुलाई सम्पन्न गर्न पार्टीले दवाव सृजना गर्ने बताए ।
साथै उनले शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, सडक नपुगेका वडामा सडक सञ्जालकको विस्तारसँगै सडक पुगेका वडाको सडकको स्तरोन्नतिको लागि जनप्रतिनिधिको ध्यान केन्द्रीत गरिने बताए । निर्वाचनका समयमा जनतामाझ राखेका एजेण्डाहरु कार्यान्वयन गर्दै अछामको समृद्धिको लागि सबै दलहरु मिलेर अघि बढ्नुपर्नेमा जोड दिए । आरोप प्रत्यारोपको सिलसिला चुनावसँगै सकिएको भन्दै संयोजक शाहले अछामको विकासको लागि मिल्नुको विकल्पसमेत नरहेको बताए ।

प्रकाशित मिति : २८ मंसिर २०७४, बिहीबार ०५:३९