सूचनाको शक्ति - The Power Of Information

        

विपद् न्यूनीकरण गर्न विमानस्थलमा ‘मानवीय सहायता स्थल’

बाँके । बाँकेको नेपालगन्ज विमानस्थलमा निर्माण भएको ‘मानवीय सहायता स्थल’ सञ्चालनमा आएको छ । प्रस्तावित लुम्बिनी प्रदेश अन्तरगत बाँके र बर्दियालाई लक्षित गरि निर्माण गरिएको सहायता स्थलले यस क्षेत्रको विपद ब्यवस्थापनमा सहयोगी भूमिका खेल्ने विश्वास गरिएको छ ।

गृह मन्त्रालयका सचिव प्रेमकुमार राईले बिगतमा कर्णाली, बबई, राप्ती र भेरी नदिमा आएको बाढीका कारण धरै जनधनको क्षति भएकोले विमानस्थलमा स्थापना गरिएको सहायता स्थल विपद् व्यवस्थापनमा निकै महत्वपूर्ण हुने बताए । सहायता स्थलको बिहीबार उद्घाटन गर्दै गृहसचिव राईले काठमाडौं र धनगढीपछि नेपालगन्जमा स्थापना गरिएको बताए ।

सातवटै प्रदेश र सबै दुर्गम विमानस्थल रहेको ठाउमा गरि १२ वटा सहायता स्थल निर्माण गर्ने योजना रहेको पनि राईले जानकारी दिए । राईले सहायता स्थल निर्माण भए पनि कर्मचारी ब्यवस्थापनमा समस्या रहेको हुँदा तत्काल सबै ठाँउमा कर्मचारी ब्यवस्थापन प्रक्रिया अगाडी बढाउने बताए ।

नेपालका लागि बेलायती राजदुत मिकोला पोलिटले नेपाल बिपदको उच्च जोखिममा रहेको हुँदा यस्ता बिपद स्थलले विपद ब्यवस्थापनमा प्रभावकारी हुने बताइन् । उनले जिल्लामा हुने बिपद न्युनिकरणका लागि सहायता कक्षको भूमिका महत्वपूर्ण रहने विश्वास व्यक्त गरिन् । सबै स्थानय तहहरु प्रत्यक्ष जोडिने भएको हुँदा सबै तहरुले यस स्थलको उपयोग गर्न सक्ने छन् ।

बाँकेका प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काले सहायता स्थल सञ्चालनमा आएसँगै बिपदको जोखिम न्यूनिकरण गर्न धेरै सहजता आउने बताए । सहायता स्थलमा बिपदका बेला आवश्यक पर्ने कन्टेनर, बिपद सामाग्रीहरु रहेका छन् भने पहाडी जिल्लामा आउने विपद् पूर्वतयारीका लागि यहाँ बिभिन्न समाग्रीहरु भण्डारण गर्न सकिने ब्यवस्थासमेत गरिएको छ ।

प्रकाशित मिति : १० माघ २०७६, शुक्रबार ०८:२६