सूचनाको शक्ति - The Power Of Information

        

गजल

चिरञ्जीवी ढकाल

चिरञ्जीवी ढकाल

अनौठो तपाईंको भुँडी, रबरको हजुर ।
सधैं हेडलाइन बन्छ, खबरको हजुर ।

थिएन यस्तो भन्ने, बुढापाकाको गुनासो छ,
भण्डारै सक्नुभो भन्छन्, शहरको हजुर ।

जनता सुक्ने हजुर फूल्ने, अचम्मै देखियो,
रहेछ संघीयता मन्द, जहरको हजुर ।

ढाँनुभो जनतालाई, समाजवादको झाँसाले,
हाँगो फाट्यो हजुर हिड्ने, डगरको हजुर ।

हजुर र हजुरका रुघा लाग्दा, विदेशमा,
जनता भने यात्रा गर्छन्, बगरको हजुर ।

दुखेपछि दुख्योभन्दा, विरोध ठानिन्छ भने,
भोगौँला सजाय म आफ्नो, ठहरको हजुर ।

 

०९ माघ २०७६
नेपालगन्ज–२०, राँझा एयरपोर्ट, बाँके

प्रकाशित मिति : ९ माघ २०७६, बिहीबार ०७:५६