सूचनाको शक्ति - The Power Of Information

        

ढुक्क भएर मतदान गर्नुस् : निर्वाचन आयोग

राष्ट्रियसभा निर्वाचनको तयारी पूरा

निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठ

निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठ

काठमाडौं । निर्वाचन आयोगले भोलि हुने राष्ट्रियसभा निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको बताएको छ । ५९ सदस्यीय राष्ट्रियसभामा पहिलो वर्षमा गोला प्रथाद्वारा रिक्त १८ स्थानका लागि निर्वाचन हुन लागेको हो । राष्ट्रियसभामा दुई वर्षे पदावधि समाप्त भकाहरुको स्थानमा निर्वाचन हुन लागेको छ ।

निर्वाचनमा सम्बिन्धत प्रदेशसभा, नगर तथा गाउँपालिकाका प्रमुख र उपप्रमुखहरुले मतदानमा भाग लिनेछन् । निर्वाचन हुन लागेको १८ स्थानमध्ये सत्ताधारी नेकपाको १६ स्थानमा जित सुनिश्चित देखिन्छ । तर प्रतिपक्ष नेपाली कांग्रेसले ७ र समाजवादी पार्टीले एक स्थान गुमाउने देखिएको छ ।

निर्वाचनका लागि सातै वटा प्रदेशका कुल ५५० जना प्रदेशसभा सदस्य, ६ वटा महानगरका मेयर र उपमेयर १२ जना, ११ उपमहानगरपालिका मेयर र उपमेयर २२ जना, २७६ नगरपालिका मेयर र उपमेयर गरी ५५२ जना र ४६० गाउँपालिकाका अध्यक्ष र उपध्याक्ष गरी जम्मा ९२० जनाले मतदान गर्नेछन् ।

स्थानीय तहका प्रमुख र उप्रमुख, अध्यक्ष र उपाध्यक्ष गरी १५०६ जना मतदाता रहने छन् । यस निर्वाचनमा जम्मा मतदाताको संख्या २०५६ रहने छ । आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले मतदातालाई ढुक्क भएर मतदान गर्न आग्रह गरेका छन् ।

प्रकाशित मिति : ८ माघ २०७६, बुधबार १५:४०