सूचनाको शक्ति - The Power Of Information

        

सामाजिक एकताका प्रतिक ‘चुन्ना’देखि उदयीमान व्यवसायी ‘आदेश’सम्म

नेपालगन्ज उद्योग वाणिज्य संघको निर्वाचन  : यस्ता छन् समावेशी प्यानलका उम्मेद्वार

नेपालगन्ज उद्योग वाणिज्य संघको निर्वाचन आउन दुई दिनमात्रै बाँकी छ । यही माघ ११ गते हुने निर्वाचनका प्रतिस्पर्धी उद्योगी व्यवसायीहरु यतिबेला चुनावी मैदानमा होमिएका छन् । निर्वाचनमा होमिएको समावेशी प्यानलले घोषणापत्रमै बाँकेको आर्थिक विकासको मुद्दालाई प्राथमिकताका साथ जोड दिइएको छ । चुनावी मैदानमा आक्रमक र सशक्त ढंगले उत्रिएको समावेशी प्यानलका उम्मेद्वारहरुको को–कस्ता छन् । हेरौं विस्तृतमा :

 

सामाजिक एकताका प्रतिक ‘चुन्ना’

अब्दुल वाहिद मन्सुरी चुन्ना उद्योग, व्यवसायका निडर, इमानदार र असल नेता हुन् भने नेपालगन्जको विविधतायुक्त समाजका लागि अनुकरणीय व्यक्ति हुन् । हाम्रो राष्ट्रिय गानमा भनेझै ‘संयौ थुङ्गा फुलका हामी एउटै माला नेपाली’को मर्मलाई आत्मसाथ गर्ने ठुलो सोंचका धनी चुन्ना यतिबेला तीन हजार बढि मतदाता रहेको नेपालगन्ज उद्योग वाणिज्य संघको यही माघ ११ गते हुने निर्वाचनमा समावेशी प्यानलको तर्फबाट अध्यक्ष पदका उम्मेदवार हुन् ।

बुवाको पद्चाप पछ्याउँदै चुन्ना नेपालगन्जमा २० वर्षदेखि व्यवसायीक क्षेत्रमा सक्रिय छन् । अजिज किराना स्टोरका प्रोपराइटर चुन्ना व्यवसायीक संगसंगै सामाजिक क्षेत्रमा समेत क्रियाशिल रहँदै आएका छन् । नेपालगन्ज उद्योग वाणिज्य संघमा दुई कार्यकाल कार्यसमिति सदस्य, एक कार्यकाल उपाध्यक्ष र अहिले बरिष्ठ उपाध्यक्ष रहेका चुन्ना नेपालगन्ज किराना तथा खाद्य व्यवसायी संघको २०६३ सालदेखि हालसम्म नेतृत्वदायी भूमिकामा थिए ।

त्यस्तै नेपाल बितरक महासंघमा पूर्व कार्यसमिति सदस्य, नेपालगन्ज बितरक संघमा सदस्य हुनुहुन्छ भने लायन्स क्लव सिद्धी बिनायकको पूर्वअध्यक्षसमेत भई बिभिन्न अनुभव सङ्गालेका प्रतिष्ठित, उर्जावान, जुझारु युवा व्यवसायी हुन् । बिशुद्ध व्यवसायीक क्षेत्रबाट उदय भएका सफल व्यवसायी चुन्नाले जुन क्षेत्रमा नेतृत्वदायी भूमिका खेलेका छन् । ती संघ संस्थाहरु आज व्यवसायी माझ परिचित र स्थापित हुनुले पनि आगामी संघको निर्वाचनमा मतदाताले अत्याधिक मतले उनी र उनको प्यानललाई बिजयी बनाउने सुनिश्चित छ ।

नेपालगन्जको उद्योग व्यवसाय अहिले धरमरको अवस्थामा छ । अर्कोतर्फ सरकारले ल्याएका नयाँ नयाँ कर प्रणालीहरु अव्यवहारिक र झञ्झटिलो बन्दा उद्योगी, व्यवसायी मर्कामा परेका छन् । यस्तो परिस्थितीमा सिङ्गो बाँके र यहाँका उद्योगी, व्यवसायीले संघमा बलियो नेतृत्व खोजिरहेका छन् । जुनसुकै ठाउँमा निडर र निसंकोच मानेर व्यवसायीक हकहितका सवाललाई स्पष्ट राखेर समस्या समाधानको पहल गर्ने सशक्त उम्मेदवार हुन् ।

संघलाई सशक्त बनाउने अग्रज ‘ज्ञानेन्द्र’

नेपालगन्ज उद्योग वाणिज्य संघलाई आजको अवस्थामा ल्याउनका लागि ज्ञानेन्द्र कुमार श्रेष्ठको भूमिका कसैले पनि नजरअन्दाज गरेको छैन । संघलाई प्रगति पथको उचाईमा ल्याउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने श्रेष्ठ समावेशी प्यानलबाट आगामी निर्वाचनमा वाणिज्यतर्फ उपाध्यक्ष पदको उम्मेदवार रहेका छन् । व्यवसायीक र समाजिक क्षेत्रमा नेपालगन्जलाई उनले दिएको योगदान सबै माझ छर्लङ्ग छ । संघको विकास निर्माणमा २०५३ सालदेखि ऐतिहासिक भूमिका निर्वाह गरी सफल सदस्य, कोषाध्यक्ष र अहिले सल्लाहकारका रुपमामहत्वपूर्ण भूमिका निर्वाह गर्ने श्रेष्ठ प्रतिष्ठित समाजसेवी पनि हुन् ।

न्यूरोडस्थित भैरव बस्त्रालयका प्रोपराइटर श्रेष्ठ २०४९ सालदेखि हालसम्म व्यवसायीक क्षेत्रमा क्रियाशिल छन् । उनले लायन्स क्लव नेपालगन्जको पूर्व अध्यक्ष, लायन्स क्लव इन्टरनेशनल ३२५ बि टुको डिष्ट्रिक सेक्रेटरीका रुपमा समेत सफलतापूर्वक कार्य सम्पन्न गरिसकेका छन् । हालसम्म पनि श्रेष्ठ लायन्स क्लवका बिभिन्न तहमा रहेर काम गरिरहेका छन् । सामुदायीक प्रहरीको पूर्वअध्यक्ष, नेपालगन्ज कपडा व्यवसायी संघको पूर्वअध्यक्ष, नेपाल परिवार नियोजन संघको पूर्व कार्यसमिति सदस्य, नेवा पुँचको सल्लाहकार, लियो क्लव नेपालगन्जको संस्थापक, नेपाल रेडक्रस सोसाइटी घरवारी टोल शाखाको आजिवन सदस्य, लायन्स फाउण्डेशनको आजिवन सदस्यका रुपमा रहेका छन् ।

उदयीमान व्यवसायी ’आदेश’

हजुरबुवा र बुवाले सञ्चालन गर्दै आएको व्यवसायमा मात्रै होइन आफ्नै आफूले चाहेको व्यवसायमा रमाउँछन् नेपालगन्जका व्यवसायी आदेशकुमार अग्रवाल । व्यवसायीक सफलताबाट उनी कहिल्यै बिचलित भएनन् । व्यवसायसँगै समाजसेवामा समर्पित भएका अग्रवाल मुद्रणसँगै टायल एण्ड सेनेटरीको व्यवसायमा पनि उत्तीकै सफल मानिन्छन् । सफल व्यवसायी र समाजसेवीका रुपमा उनले आफ्नो पहिचान स्थापित गरिसकेका छन् ।

उनी नेपालगन्जका उदयीमान सफल व्यवसायी हुन् । २०६७ सालदेखि नेपालगन्ज उद्योग वाणिज्य संघमा सक्रियतापूर्वक लाग्दै आएका अग्रवाल संघको कार्यसमितिमा सदस्य हुँदै अहिले कोषाध्यक्ष हुन् । उद्योगी, व्यवसायीका सुखदुखका साथी अग्रवाललाई समावेशी प्यानलको तर्फबाट उद्योग क्षेत्रको उपाध्यक्ष पदमा अगाडी सारेको छ । उनको यो उम्मेदवारीले नेपालगन्ज शहरको बिशेषता, विविधताको पनि बलियो प्रतिनिधित्व गरेको छ ।

व्यवसायी क्षेत्रमा क्रियाशिल रहेका अग्रवाल प्रतिष्ठित, उर्जावान, जुझारु युवा व्यवसायी हुन् । बिशुद्ध व्यवसायीक क्षेत्रबाट उदय भएका सफल व्यवसायी अग्रवालले पश्चिम नेपालमा मुद्रण क्षेत्रमा ठूलो परिवर्तन ल्याउन भूमिका खेलेका छन् । पश्चिम नेपालमै पहिलो पटक अत्याधुनिक प्रविधियुक्त छापाखाना भित्र्याउने अग्रवाल रामदुत प्रिन्टर्स, सोमानी टायल एण्ड सेनेटरी वेयरको प्रोपराइटर रहेका छन् ।

निडर र निसंकोच मानेर व्यवसायीक हकहितका सवाललाई स्पष्ट राखेर समस्या समाधानको पहल गर्ने सशक्त उम्मेदवार हुन् । उनी लियो क्लव, लायन्स क्लव अफ नेपालगन्ज बाँके एनएलएफको पूर्वअध्यक्ष, मुद्रण महासंघको आजिवन सदस्य रही उद्योग, व्यवसायसँगै सामाजिक कार्यमा सहभागी हुँदै आएका छन् । उनी उद्योग वाणिज्य संघको आगामी निर्वाचनमा उद्योगतर्फ उपाध्यक्षका बलिया उम्मेदवारका रुपमा चुनावमा होमिएका छन् ।

शालिन, भद्र स्वभाव दयालु र सामाजिक व्यक्तित्वका धनी अग्रवाल सबैका लागि उदाहरणीय र अनुकरणीय छ । मन्द मुस्कान, मिठो बोलीजस्तो छ व्यक्तित्व पनि त्यस्तै सरल र सहज छ । कसैको कुभलो नचिताउने र सहकर्मी भनेपछि जस्तोसुकै अफ्ठयारोमा पनि साथ दिने अग्रवालको अर्को परिचय हो । बिशुद्ध व्यवसायीक क्षेत्रबाट उदय भएका सफल व्यवसायी अग्रवालले उद्योग वाणिज्य संघमा नेतृत्वदायी भूमिका खेल्न सक्ने उम्मेदवारका रुपमा औल्याइएको छ ।

आम व्यवसायी माझ परिचित र स्थापित हुनुले पनि आगामी संघको निर्वाचनमा मतदाताले अत्याधिक मतले उनको प्यानललाई बिजयी बनाउने सुनिश्चित छ । नेपालगन्जको उद्योग व्यवसाय अहिले धरमरको अवस्थामा छ । अर्कोतर्फ सरकारले ल्याएका नयाँ नयाँ कर प्रणालीहरु अव्यवहारिक र झञ्झटिलो बन्दा उद्योगी, व्यवसायी मर्कामा परेका छन् । यस्तो परिस्थितिमा सिङ्गो बाँके र यहाँका उद्योगी, व्यवसायीले संघमा बलियो नेतृत्व खोजिरहेका बेला अग्रवाललाई व्यवसायीक हितलाई केन्द्रमा राखेर अघि बढ्ने सशक्त उम्मेदवारका रुपमा नेपालगन्जका व्यवसायीहरुले औल्याएका छन् ।

संघर्षशिल र सशक्त ‘टंक’

टंकबहादुर धामी नेपालगन्जको उद्योग व्यवसायका क्षेत्रमा स्थापित नाम हो । नेपालगन्ज उद्योग वाणिज्य संघको हाल कार्यसमिति सदस्य रहेका धामीले उद्योग, व्यवसायीको क्षेत्रमा पुर्याएको योगदान उल्लेखनीय छ । व्यवसायी हकहितमा खरोरुपमा उत्रिने क्षमता भएका धामी यतिबेला चुन्ना नेतृत्वको समावेशी प्यानलको सदस्य पदको उम्मेदवार हुन् । व्यवसाय सम्हाल्नुपूर्व धामीले बिद्यार्थी राजनीतिसमेत गरे ।

नेपालगन्जमा २०६० सालबाट रेडिमेड ब्यापार सुरु गरेका धामी व्यवसायी क्षेत्रमा संर्घषशील व्यक्तित्व धामी कमल ईन्टरप्राइजेज, शिद्धिबिनायक अर्डर एण्ड सप्लायर्स, मनिष ट्रेड लिंक, कमल गार्मेन्ट प्रालि, रामारोशन तयारी पोसाक प्रालिका सञ्चालक पनि हुन् । धामी सामाजिक क्षेत्रमा समेत उत्तिकै सक्रिय हुन् । रामारोशन बचत तथा ऋण सहकारी संस्थाको अध्यक्ष, अछामी सेवा समाजमा सल्लाहकार, लायन्स क्लब अफ नेपालगन्ज सेन्ट्रलको २०१७–२०१८ को अध्यक्ष, नेकपा उद्योग तथा वाणिज्य विभागको सदस्य हुन् ।

मिलनसार र सबैका प्रिय ‘श्याम’

नेपालगन्जको उद्योग व्यवसायका क्षेत्रमा श्यामसुन्दर अधिकारीको नामै काफी छ । सबैका प्रिय र मिलनसार स्वभावका अधिकारी अहिले नेपालगन्ज उद्योग वाणिज्य संघका कार्यसमिति सदस्यका रुपमा उद्योगी, व्यवसायीको हितमा क्रियाशिल छन् । व्यावसायीक हकहितका सवालमा उनले कहिल्यै कुनै प्रकारको सम्झौता गरेनन् । व्यावसायीक हितलाई सर्वोपरी ठान्ने अधिकारी एटुजेड किराना पसलका सञ्चालन हुन् । २०५४ सालमा वडा सदस्यसमेत भई जनताको सेवा गरिसकेका अधिकारी किराना तथा खाद्य व्यवसायी संघका महासचिव हुन् । खेल क्षेत्रमा समेत अभिरुची राख्नुहुने अधिकारीले नेपालगन्जमा फुटसल भित्र्याएर व्यवसायीकरुपमा खेल क्षेत्रमा प्रर्बद्धनमा टेवा पुर्याउन महत्वपूर्ण भूमिका खेलेका छन्

विद्युतीकरणमा योगदान दिने व्यवसायी ‘अब्दुल’

ट्रान्सरफर उत्पादनमार्फत देशको बिद्युतीकरणमा महत्वपूर्ण योगदान दिनुहुने युवा उद्योगी हुन्, अब्दुल वाहिद अन्सारी बब्लु । उद्योग, व्यवसायका क्षेत्रमा २०४८ सालदेखि सक्रिय अन्सारीको नेपालगन्ज औद्योगिक क्षेत्रमा रहेको हिमालयन इन्जिनियरिङ्ग वक्र्सले उत्पादन गर्ने ट्रान्सफरमर देशभर विक्री वितरण हुन्छ । सबैसंग सजिलै घुलमिल गर्ने स्वभावका अन्सारी औद्योगिक क्षेत्र उद्योग विकास संघ बाँकेको उपाध्यक्ष, नेपाल इलेक्ट्रीक एशोसिएसनको उपाध्यक्ष र लायन्स क्लव अफ नेपालगन्ज पिएनएफलको संस्थापक सदस्यसमेत हुन् । अन्सारी सामाजिक क्षेत्रमा समेत उत्तिकै क्रियाशिल व्यवसायी हुन् ।

असल शासनका अभियन्ता ‘चिरञ्जीवी’

असल शासनको अभियन्ता, पत्रकारिता हुँदै ‘टे«ड बिजनेश’ मा सफल रहेका युवा व्यवसायी हुन् चिरञ्जीवी ओली । असल शासनको अभियानताका हुँदै ओलीले २०६० सालपछि रेडियो भेरी आवाजबाट सक्रिय पत्रकारिता सुरु गरे । उनले चलाउएको रेडियो बहस र सामाजिक उत्थानका कार्यक्रम उत्कृष्ट मानिन्थ्यो भने त्यसक्रममा थुप्रै स्रोता पनि कमाएका छन् । २०६६ सालपछि उनी व्यवसायीक क्षेत्रमा अग्रसर भए । इलेक्ट्रोनिक्स व्यवसायका क्षेत्रमा अब्बल ओली ओली टे«ड लिंकका प्रोपराइटर हुन् । ओलीले लगनशील र इमानदार भएर आफ्नो पेशा व्यवसाय गर्दै आएका छन् ।

यही कारणले उनको फर्म उत्कृष्ट बन्दै पटक पटक पुरस्कृत भएको छ । ओली व्यवसायी क्षेत्रमा यस्ता युवा नेताका रुपमा स्थापित हुन् जो निडर भएर व्यवसायीका पक्षमा जहाँ पनि बोल्ने सार्मथ्य राख्छन् । नेपालगञ्ज इलेक्ट्रोनिक्स एशोसिएसनको संस्थापक महासचिव हुँदै अहिले अध्यक्ष छन् । भर्खरै स्थापना भएको उक्त एशोसिएसनलाई स्थापित गर्न उनले नेतृत्वदायी भूमिका निभाएका थिए । आज इलेक्ट्रोनिक्स एशोसिएसन छोटो समयै व्यवसायी माझ चिनिन सफल भएको छ । ओली नेपाल मोवाइल बितरक संघको केन्द्रीय उपाध्यक्षसमेत हुन् । ओली लायन्स क्लव अफ नेपालगन्ज युथको अध्यक्षसहित बिभिन्न संघसंस्थामा रहेर सामाजिक कार्यक्रममा सक्रिय छन् ।

मुस्लिम समुदायका कर्मठ व्यवसायी ‘जहाँगीर’

जहाँगीर मुसलमान नेपालगन्जका चिरपरिचित इलेक्ट्रोनिक्स व्यवसायी हुन् । २५ वर्षदेखि व्यवसाय क्षेत्रमा लागेका जहाँगीर टिभी हाउस न्यूरोड एलजी शोरुमका प्रोपराइटर हुन् । उनको शालिन र भद्र स्वभाव सबैका लागि उदाहरणीय र अनुकरणीय छ । युवा व्यवसायी जहाँगीर इलेक्ट्रोनिक्स एशोसिएसनको पूर्व उपाध्यक्षका रुपमा सक्रियतापूर्वक व्यवसायीको हकहितमा लाग्दै आएका छन् । सामाजिक संस्थामा रही दिन दुखीको सहयोग गर्ने जहाँगीर मुसलमान उद्योगी, व्यवसाय क्षेत्रका एकजना कर्मठ, जुझारु सशक्त नेता हुन् ।

व्यवसायसँगै खेलकुदमा सक्रिय ‘भीम’

भीमबहादुर रानाभाट २०५० सालदेखि व्यवसायीक क्षेत्रमा निरन्तर सक्रिय व्यक्ति हुन् । कालिका इम्पोरियम घरवारी टोलका सञ्चालक रानाभाट उद्योगी, व्यवसायी माझ परिचित नाम हो । उद्योग, व्यवसायसँगै साहित्य, खेल र सामाजिक क्षेत्रमा रुची राख्ने रानाभाट भेरी साहित्य समाजका साहित्यकार, लायन्स ब्लड बैंकको संस्थापक सदस्य, लायन्स क्लव न्यूरोडको संस्थापक सदस्य तथा पुर्वअध्यक्ष लायन्स क्लव डिष्ट्रिक ३२५ बि टु नेपालको जोन चियर पर्सन भई सामाजिक क्षेत्रमा क्रियाशिल छन् ।

उनी जुमा स्पोर्टसका संस्थापक अध्यक्ष र तयारी कपडा ब्याग, जुक्ता चप्पल तथा खुद्रा व्यवसायी संघ नेपाल बाँकेको संस्थापक अध्यक्ष, नेपाल क्षयरोग निवारण संघको आजिवन सदस्य रहिसकेका छन् । नेपाल राष्ट्रिय वाणिज्य संघका नगर अध्यक्षसमेत रहेका भीम रानाभाटले जुमा स्पोर्टस क्लवमार्फत नेपालगन्जको खेल क्षेत्रलाई सशक्त मनाउन र उद्योगी, व्यवसायीलाई शारीरिक अभ्यासमा संलग्न गराउन महत्वपूर्ण भूमिका खेलेका छन् ।

सामाजिक मान्यताका प्रतिमूर्ति ‘धर्मराज’

सबैका प्रिय, सहयोगी स्वभावका र सालिन व्यक्तित्व धर्मराज अर्याल नेपालगन्जको उद्योग, व्यवसायका क्षेत्र परिचित नाम हो । सहकर्मीलाई दुख पर्दा रातदिन नभनी घरदैलोमा पुग्ने अत्यन्त दयालु र सामाजिक व्यक्तित्वका धनी अर्यालको सरल जिवनशैली तपाई हामी माझ अनुकरणीय छ । माण्डव्य फैन्सी स्टोर्सका सन्चालन रहेका अर्याल २८ वर्षदेखि नेपालगन्जमा घरवारीटोलमा व्यवसाय गर्दै आएका छन् । व्यवसायमात्र नभई बिभिन्न संघ संस्थामा सक्रिय अर्याल नेपालगन्ज उद्योग वाणिज्य संघका पूर्व कार्यसमिति सदस्य छन् । हरेक सामाजिक कार्यक्रममा अग्रसर हुने व्यवसायी अर्याल सामाजिक मान्यताका प्रतिमूर्ति हुन् ।

अफ्ठयारोका सहयात्री ‘हरिलाल’

उद्योग, व्यवसायका क्षेत्रमा मिलनसार, अत्यन्त भद्र व्यक्तित्वको छवि बनाएका हरिलाल न्यौपाने २० वर्षदेखि नेपालगन्ज व्यवसाय गर्दै आएका छन् । उनको मन्द मुस्कान, मिठो बोली जस्तो छ व्यक्तित्व पनि त्यस्तै सरल र सहज छ । कसैको कुभलो नचिताउने र सहकर्मी भनेपछि जस्तोसुकै अफ्ठयारोमा पनि साथ दिने न्यौपाने हार्दिक स्टोरका नामले परिचित छन् । फर्मको नामझैं हार्दिक व्यक्तित्वका धनी उनी हार्दिक स्टोर र श्रीराम स्टोरका प्रोपराइटर हुन् । व्यवसायीक क्षेत्रमा सफल न्यौपाने मदिरा व्यवसायी संघका पूर्वअध्यक्ष हाल सल्लाहकार, नेपाल रेडक्रस सोसाईटीका आजिवन सदस्य, क्षयरोग निवारण संघका आजिवन सदस्य, लायन्स क्लव सिद्धी बिनायकका चाटर्ड लगायत बिभिन्न सामाजिक क्षेत्रमा लाग्दै आएका छन् ।

उदयीमान महिला नेतृ ‘मन्दिरा’

उद्यमक्षेत्रमा महिलाको सहभागिता न्यून रहेका बेला मन्दिरा पाण्डे जस्ता उद्यमीहरु नेतृत्वदायी भूमिकामा आउनु हाम्रो समाजका लागि प्रेरणादायी कुरा हो । कयौं सामाजिक चुनौतीलाई छिचोल्दै पाण्डे उद्यम, व्यवसायका क्षेत्रमा मात्र नभई लायन्स क्लव बागेश्वरीको अध्यक्ष भई सामाजिक कार्यमा समेत निरन्तर अगाडी बढेकी छन् । मिलनसार स्वभाव, सबैको प्रिय, दुखमा नआत्तिने, सुखमा नमात्तिने स्वभावकी पाण्डे पूर्वराष्ट्रिय खेलाडीसमेत हुन् । २०५० सालदेखि व्यवसायीक क्षेत्रमा रहेका पाण्डे त्रिवेणी पुस्तक सदनको सञ्चालक पाण्डे नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी संघ बाँकेमा रहेर सशक्त भूमिका निर्वाह गरिसकेकी छन् । अहिले बरिष्ठ उपाध्यक्ष पदमा रहनुभई उद्योग, व्यवसायीका क्षेत्रमा क्रियाशिल पाण्डे उदयीमान महिला नेतृका रुपमा स्थापित छन् ।

मिलनसार स्वाभावका ‘राजेश’

राजेशकुमार बैश्य कपडा व्यवसायका क्षेत्रमा परिचित एवं सबैका प्रिय होनहार व्यवसायी हुन् । २० वर्षदेखि व्यवसायका क्षेत्रमा रहेका बैश्य तनिषा इम्पोरियम, बिजय बस्त्रालय, सगुन इम्पोरियमको सञ्चालक हुन् । नेपालगन्जको प्रतिष्ठित कसौधन बैश्य समाज युवा मञ्चका पूर्व कार्यवाहक अध्यक्ष रहिसकेका बैश्य नेपाल–भारत मैत्री संघको सदस्यका साथै बिभिन्न सामाजिक संघसंस्थाका माध्यमबाट सामाजिक कार्यमा सक्रिय रहेका छन् । जुझारु, कर्मठ र सशक्त व्यवसायी बैश्यको मिलनसार स्वभावले सबैलाई प्रभावित गर्ने गरेको छ ।

सहयोगी र दयालु ‘सुनिलकुमार’

नेपालगन्जमा कशौधन बैश्य समाज प्रतिष्ठित समुदायको रुपमा मानिन्छ । उद्योग, व्यवसाय मात्र होइन नेपालगन्जको सामाजिक जिवनमा अत्यन्त महत्व र गौरवपूर्ण इतिहास बोकेको कशौधन बैश्य समाजका अध्यक्ष सुनिलकुमार बनिया पप्पु पन्नीलाई समावेशी प्यानलले सदस्य पदको उम्मेदवारका रुपमा पाउँदा अत्यन्त हर्ष महसुस गरेको छ । कशौधन समाजको प्रतिनिधित्व गर्नुपर्ने बनिया लामो समयदेखि नेपालगन्जमा व्यवसाय गर्दै आएका छन् । उनी शम्भु टे«डर्सका सञ्चालक रहेका बनिया रामजानकी मन्दिर रानीतलाउका सचिव हुन् । उद्योगी, व्यवसायीका पक्षमा सदैव क्रियाशिल सुनिल सहयोगी, दयालु स्वभावका हुन् ।

परिचित युवा व्यवसायी ‘विजय’

हँसिलो अनुहार, नम्र भएर बोल्ने र उद्योगी, व्यवसायीका पक्षमा जस्तोसुकै अवस्थामा पनि साथ र सहयोग गर्ने युवा व्यवसायीका रुपमा परिचित छन्, विजय भण्डारी बासु । मिलनसार व्यक्तित्वका धनी भण्डारी वर्षौदेखि उद्योगी, व्यवसायीका पक्षमा निरन्तर खटिदै आएका छ । माउण्ट एभरेष्ट बुक्स एण्ड स्पोर्टस प्रालिका अध्यक्ष रहेका उनी विभिन्न सामाजिक संस्थामा रहेर सामाजिक कार्य गर्दै आएका छन् भने नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ बाँकेका पूर्वमहासचिव, लायन्स क्लव अफ नेपालगन्ज बाँके एनएलएफका अध्यक्ष, नेपाल–भारत मैत्री संघको आजिवन सदस्य हुन् ।

व्यवसायीक हकहितका पक्षपाती ‘सिद्धान्तजङ्ग’

पश्चिम नेपालमा टेन्ट व्यवसाय भित्र्याउने श्रेय जान्छ सिद्धान्तजङ्ग राणालाई । सिद्धु उपनामले उद्योगी, व्यवसायी र सहकर्मी माझ परिचित राणा व्यवसायीक क्षेत्रमा सक्रिय भएको दुई दशक बितेको छ । २०५४ सालदेखि माँ बागेश्वरी टेन्ट हाउस सञ्चालन गर्दै आएका राणा मृदुभाषी, मिलनसार र सहयोगी स्वभावका हुन् । टेन्ट व्यवसायी संघ बाँके स्थापना गरी टेन्ट व्यवसायीलाई संगठित गरी व्यवसायीक हकहितको वकालत गर्दै आएका उनी अहिले उक्त संघको अध्यक्ष हुन् । व्यवसायीक क्षेत्रका लागि आवश्यक जुझारु, मेहेनती र इमानदार व्यक्तित्वका धनी राणा नेपालगन्ज उद्योग वाणिज्य संघको आगामी माघ ११ गते हुने निर्वाचनमा संस्थागत (बस्तुगत) तर्फको सदस्य पदका उम्मेदवार रहेका छन् ।

प्रकाशित मिति : ८ माघ २०७६, बुधबार ०९:०९