सूचनाको शक्ति - The Power Of Information

        

प्रदेश ६ को मुख्यमन्त्रीमा चार जना आकांक्षी


सुर्खेत । दैलेख सुर्खेतसहित कर्णालीका सबै जिल्ला मिलेर बनेको हो ६ नम्बर प्रदेश । भौगोलिक रुपमा विकट ६ नम्बर प्रदेशको मुख्यमन्त्रीमा चार जना आकांक्षी देखिउका छन् । जसमा पहिलो नम्बरमा माओवादी केन्द्रका नेता महेन्द्रबहादुर शाही दाबेदार रहेका छन् । उर्जामन्त्री समेत भइसकेका शाही कालिकोटको प्रदेशसभा ‘ख’बाट १२ हजार १५३ मत ल्याएर विजयी भएका थिए ।
यस्तै माओवादी केन्द्रका युवा नेता नरेश भण्डारीको पनि आकांक्षी छन् । भण्डारी पहिलो संविधान सभाको निर्वाचनमा जुम्लाबाट विजयी भएका उनी अहिले जुम्लाको प्रदेशसभा ‘क’बाट उम्मेदवार बनेका थिए । उनी १२ हजार ५७४ मत ल्याएर विजयी भएका हुन् । उनले आफूले कर्णालीको विकास गर्ने र जितेमा मुख्यमन्त्री हुने भन्दै मतदातासंग भोट मागेका थिए ।
मतदाताले उनलाई भोट दिएर जिताएका छन् । अब उनी मुख्यमन्त्री हुन्छन् या हुँदैनन् त्यो अबको केहि सातामा प्रष्ट हुनेनै छ । यसो त एमालेका पोलिटव्यूरो सदस्य प्रकाश ज्वाला पनि संघको टिकट नपाएपछि प्रदेशको मुख्यमन्त्री हुने सर्तमा प्रदेश सभामा लड्न राजी भएको बताइन्छ । उनी सल्यान प्रदेशसभा ‘ख’बाट १९ हजार ८३६ मत ल्याएर विजयी भएका हुन् । उनले प्रदेशसभामा मतदातालाई आफू मुख्यमन्त्री हुने र यो प्रदेशको समृद्धिको लागिपर्ने भन्दै मत मागेका थिए ।
यस्तै एमालेका अर्का नेता हुन यमलाल कडेलको पनि मुख्यमन्त्रीको रुपमा चर्चा हुने गरेको छ । कडेल सुर्खेत क्षेत्र नं २ को ‘क’बाट २१ हजार २८२ मत ल्याएर विजयी हुन् । उनले पनि मुख्यमन्त्री हुने भन्दै मतदाताहरुसँग मत मागेका थिए । विकट मानिने यो प्रदेश प्राकृतिक रुपमा भने धनि छ । देशको सबैभन्दा ठूलो कर्णाली नढी यहि प्रदेशमा पर्छ । संसारको दुर्लभ बन्यजन्तु यार्सागुम्बा यहि पाइन्छ । सही नेतृत्व भएको खण्डमा यो प्रदेशलाई समृद्ध बनाउन समय नलाग्ने कतिपय बताउँछन् ।

प्रकाशित मिति : २७ मंसिर २०७४, बुधबार १०:०३