सूचनाको शक्ति - The Power Of Information

        

कविता : फरक बाटोमा आज

चिरञ्जीवी ढकाल

चिरञ्जीवी ढकाल

मनै दुखाउने, चाहना हैन ।
सत्य हो सब यो, वाहना हैन ।।
यो हाम्रो कहानी,रच्ने उही हो ।
बिचमै मलाई, डस्ने उही हो ।।

यस्तै रहेछ, विधिको विधान ।
आफ्नो वसमा, नहुने निधान ।।
ढिलो वा चाँडो, सबैलाई पर्ने ।
लिला अचम्मको, टारी नटर्ने ।।

तन यो जब, तिम्रो साथै छैन ।
मेरा निसानी, पनि तिम्रो हैन ।।
अब अर्को कदम, पर्छ चाल्नु ।
विदाइसँगै, सब त्यो पखाल्नु ।।

सबथोक रच्ने, उही भएसी ।
कसरी हुन्छ्यौ, तिमी भन दोषी ?
त्यसैले नयाँ, बाटो समाउनु ।
खोजेर साथी, तिमी रमाउनु ।।

 

नेपालगन्ज-२०, राँझा एयरपोर्ट, बाँके

प्रकाशित मिति : १८ पुष २०७६, शुक्रबार ०९:४३