बाँके । नेपाल भ्रमण बर्ष २०२० सुरु भएसँगै बाँके राष्ट्रिय निकुञ्जमा हात्ती सफारी सुरु भएको छ । प्रदेश नं. ५ का मुख्यमन्त्री शंकर पोखरेलले निकुञ्जमा विधिवतरुपमा हात्ती सफारीको समुद्घाटन गरेका छन् । निकुञ्जको हात्तीसार रहेको खड्कवारबाट हात्ती सफारी शुरुवात गरिएको हो ।
हात्ती सफारी समुद्घाटन कार्यक्रममा बोल्दै मुख्यमन्त्री शंकर पोखरेलले भ्रमण बर्ष सफल पार्नका लागि आन्तरिक पर्यटनहरुको उपस्थितिलाई बढाउनुपर्नेमा जोड दिए । मुख्यमन्त्री पोखरेलले यो नेपाल सरकारको मात्र लक्ष्य नभइ सबै नागरिक र सरोकारवाला निकायहरुको पनि महत्वपूर्ण कामसमेत भएको बताए ।
बाघ संरक्षणका लागि महत्वपूर्ण मानिएको बाँके निकुञ्ज नेपालकै सबैभन्दा कान्छो निकुञ्ज हो । निकुञ्जका प्रमुख संरक्षण अधिकृत प्रमोद भट्टराईले सन् २०१३ मा ५ वटा रहेको बाघको संख्या सन् २०१९ मा २१ भन्दा बढिरहेको हुँदा पर्यटकहरुका लागि पनि आकर्षणको केन्द्र रहेको बताए । उनले प्रचारप्रसारका कारण यो निकुञ्जपछि परेको बताए ।
सत्यपाटी ।