सूचनाको शक्ति - The Power Of Information

        

कश्मीरको चिसो हावा नेपाल छिर्दै, भोलिदेखि बर्षा र हिमपातको सम्भावना

फाइल तस्वीर

बाँके । भारतको जम्मु–कश्मीरमा विकसित पश्चिमी न्यूनचापीय प्रणाली नेपालतर्फ सरेको छ । आज (मंगलबार) रातीसम्म यो प्रणाली नेपालमा सक्रिय हुने मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।

यो मौसम प्रणालीका कारण आज रातीदेखि नै देशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात र बर्षा हुने र सम्भावना छ । पानी परेपछि देशका अधिकांश स्थानमा चिसोसमेत बढ्नेछ । यही मौसम प्रणालीका कारण भोलि (बुधबार) दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहि पश्चिमी र पुर्वी पहाडी भू–भागमा हल्का बर्षाको सम्भावना छ ।

यस्तै, उच्च पहाडी र हिमाली भू–भागमा हल्कादेखि मध्यम हिमपात र बर्षा हुने तथा राती उच्च पहाडी र हिमाली भू–भागमा हल्कादेखि मध्यम हिमपातको सम्भावना छ । बिहिबार दिउँसो उच्च पहाडी र हिमाली भू–भागमा मध्यमदेखि भारी हिमपातको सम्भावना छ । सोही राती उच्च पहाडी र हिमाली भू–भागमा मध्यमदेखि भारी हिमपातको हुने महाशाखाले जनाएको छ ।

प्रकाशित मिति : १५ पुष २०७६, मंगलवार १२:४८