सूचनाको शक्ति - The Power Of Information

        

समानुपातिकतर्फ बर्दियामा कांग्रेस पहिलो


बर्दिया । प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको समानुपातिक मतगणना सकिएको छ । समानुपातिक तर्फ बर्दियामा नेपाली कांगे्रसले सबैभन्दी बढी मत प्राप्त गरेर पहिलो बनेको छ । २ लाख ७२ हजार ४७७ कुल मतदाता मध्ये १ लाख ९० हजार ८१२ मत खसेको मत गणना हुँदा समानुपातिक तर्फ सबैभन्दा बढी मत ल्याएर कांग्रेस पहिलो बनेको हो । समानुपातिकको प्रतिनिधिसभातर्फ एमाले भन्दा १९ हजार ३६१ मतले कांग्रेस अघि छ ।
प्रतिनिधिसभा तर्फ कांग्रसले ६६ हजार ८९ र प्रदेशसभा तर्फ ६० हजार ४५० मत प्राप्त गरी सबैभन्दा बढी मत प्राप्त गरेको हो । नेकपा एमालेले प्रतिनिधिसभा तर्फ ४६ हजार ७ सय २८ र प्रदेशसभा तर्फ ४४ हजार ११४ मत प्राप्त गरेको छ । त्यस्तै नेकपा माओवादी केन्द्रले प्रतिनिधिसभा तर्फ ४५ हजार ६९८ र प्रदेशसभा तर्फ ४४ हजार ३२८ मत प्राप्त गरेको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रतिनिधिसभामा ३ हजार ९४९ र प्रदेशसभामा ३ हजार ५६४ तथा विवेकशिल साझा पार्टीले प्रतिनिधिसभामा १ हजार ४१२ र प्रदेशसभातर्फ १ हजार २६ मत प्राप्त गरेको छ ।
यसैगरी राष्ट्रिय प्रजातन्त्र (प्रजातान्त्रिक) पार्टीले प्रतिनिधिसभा तर्फ १ हजार २७७ र प्रदेशसभा तर्फ १ हजार २७७, एकल चिन्ह हँसिया ताराले प्रतिनिधिसभा तर्फ ९७० र प्रदेशसभा तर्फ ८७९ तथा संघिय समाजबादी फोरम, नेपालले प्रतिनिधिसभामा ९०२ र प्रदेशसभातर्फ ९८७, नयाँ शक्ति पार्टी, नेपालले प्रतिनिधिसभामा ७९२ र प्रदेशसभातर्फ ८७०, राजपा पार्टी नेपालले प्रतिनिधिसभामा ७४९ र प्रदेशसभा तर्फ ७२९ मत ल्याएको छ ।
बर्दियामा समानुपातिकको प्रतिनिधीसभा तर्फ १९ हजार ८११ मत बदर भएको छ । प्रतिनिधीसभा क्षेत्र नम्बर १ मा ११ हजार ३७७ मत बदर भएको छ । यस्तै प्रदेशसभा १ (क) मा ७ हजार ३९ र प्रदेससभा १ (ख) मा १ हजार ८ मत बदर भएको छ । प्रतिनिधिसभा क्षेत्र नम्बर २ मा ८ हजार ४३४ मध्ये ३७७ मत बदर भएको छ । प्रदेशसभा २ (क) मा ६ हजार ९६२ र प्रदेससभा २ (ख) मा ६ हजार ५३९ मत बदर भएको मुख्य निर्वाचन अधिकृत कार्यालयका सूचना अधिकारी ईन्द्रकुमार कार्कीले बताए ।

प्रकाशित मिति : २७ मंसिर २०७४, बुधबार ०४:५३