सूचनाको शक्ति - The Power Of Information

        

संरक्षणको पर्खाइमा युद्ध संस्कृत विद्यालय

बाँके । नेपालगन्जको पुरानो ऐतिहासिक युद्ध संस्कृत विद्यालय संरक्षण र सहयोगको पर्खाइमा रहेको छ । शिक्षक नारायण शर्माका अनुसार, यो विद्यालयमा झण्डै ८० प्रतिशत विद्यार्थी अरुको घरमा काम गर्न बसेका बालबालिका हुने गरेकाले पनि बेवास्तामा पर्ने गरेको छ । विद्यार्थी सङ्ख्या कम भए पनि विद्यालयमा शिक्षकको अभाव भने छैन ।

जेनतेन चलेको यो विद्यालय गैरसरकारी संस्थाको आँखामा समेत पर्न नसकेको शिक्षक शर्माको भनाइ छ । विसं १९८६ मा स्थापना भएको यो विद्यालयमा शुरुमा संस्कृत विषय पनि पढाइ हुने गथ्र्यौ । विसं २०५६ बाट भने साधारण विद्यालयमा रुपान्तरण गरिएको हो । विद्यालयमा अहिले करिब २०० विद्यार्थी अध्ययनरत छन् । जसमध्ये अधिकांश विद्यार्थी काम गर्न बसेका घरबाट पढ्न आइरहेको शिक्षक शर्माले बताए ।

विद्यालयमा शुद्ध पानी पिउने व्यवस्था छैन । विद्यालयको तीन वटा कोठा जीर्ण अवस्थामा छन् भने प्रावि तहमा एक जना शिक्षकको अपुग छन् । विद्यार्थी भर्नाका बेलामा सबै अभिभावक बालबालिकाको हात समातेर आए पनि भर्ना गरिसकेपछि बोलाएको बेलामा एकदमै कम विद्यालयमा उपस्थित हुने गरेको प्रधानाध्यापक दिलीपकुमार श्रीवास्तवको भनाइ छ ।

प्रकाशित मिति : ५ पुष २०७६, शनिबार १३:५६