सूचनाको शक्ति - The Power Of Information

        

निर्देशक तथा मोडेल सजिनालाई अन्तर्राष्ट्रिय अवार्ड

काठमाडौं । गत बर्षबाट अन्तर्राष्ट्रिय रुपमा छायाँछवि क्रियशनले शुरु गरेको छायाँछवि अन्तर्राष्ट्रिय अनर अवार्ड–२०७६ निर्देशक तथा मोडल सजिना लामिछानेले जितेकी छन् । १३ डिसेम्बर २०१९ मा यूएईको दुबईमा सम्पन्न अवार्ड वितरण कार्यक्रममा मोडल सजिनालाई अवार्ड प्रदान गरिएको छायाँछविका अध्यक्ष शान्तिप्रियले बताए ।

नेपाली चलचित्र, गीत–संगीत, साहित्य, चित्रकला, खेलकुद लगायतका विषयलाई मिश्रण गरि प्रदान गरिने यो अवार्ड नेपालका सन्दर्भमा नौलो भएको छायाँछविका अध्यक्ष शान्तिप्रियले बताए । म्युजिक भिडियोहरुमा अभिनय र निर्देशनसमेत गर्दै आएकी सजिनाले अनामनगरस्थित आफ्नै सम्मान डिजिटल कम्पनी र सुरसंगीत रेकर्डिङ स्टुडियो सञ्चालन गर्दै आएकी छन् ।

केहि बर्षदेखि मोडलिङ्ग तथा निर्देशनका क्षेत्रमा काम गर्दै आएकी मोडल सजिनाले अवार्ड जितेपछि आफूलाई कला र संगीतका क्षेत्रमा अघि बढ्न थप होसला मिलेको प्रतिक्रिया दिएकी छन् । चितवन जिल्लाको पदमपुर निवासी सजिना बुवा जगत र आमा नन्दकुमारीकी कान्छी छोरी हुन् ।

पछिल्लो समय निकै ब्यस्त सजिनाले अवार्ड पाएकोमा आयोजक टिमलाई विशेष धन्यवाद दिँदै आगामी दिनहरुमा दर्शक तथा स्रोताको मन जित्ने गरी संगीत क्षेत्रमा काम गर्ने बताइन् । राष्ट्रिय अवार्डहरु जितिसकेकी सजिना पहिलो पटक अन्तर्राष्ट्रिय अवार्ड जित्न सफल भएकी हुन् । कार्यक्रम युएईको वरदुबइस्थित एभरेष्ट क्लबमा आयोजना भएको थियो ।

 

प्रकाशित मिति : ४ पुष २०७६, शुक्रबार ०८:५४