सूचनाको शक्ति - The Power Of Information

        

डीएसपी चन्दलाई कोहलपुरमा खटाइयो

बाँके । प्रहरी प्रधान कार्यालयले इलाका प्रहरी कार्यालय कोहलपुरमा प्रहरी नायव उपरीक्षक (डीएसपी) कुलदिप चन्दको काज सरुवा गरेको छ । कोहलपुलमा विवादित बनेका डीएसपी हेमराज शाही जिल्ला प्रहरी कार्यालय बाँकेमा तानिएपछि उनको स्थानमा चन्दलाई पठाइएको हो ।

डीएसपी शाही तरुण दलका नेतालाई टेलिफोन धम्की र केही दिनअघि स्कुले विद्यार्थीमाथि दमन गरेर विवादित बनेका थिए । उनीमाथि आन्तरिक छानबिन सुरू भएको छ । शाहीको व्यवहारको चौतर्फी आलोचना भएको थियो । प्रहरी प्रधान कार्यालयले काज सरुवामा पठाएका चन्द हाल आइजीपी सचिवालय मातहतको उजुरी शाखामा कार्यरत थिए । त्यसअघि महानगरीय प्रहरी वृत कमलपोखरीमा कार्यरत रहँदा डीएसपी चन्द उत्कृष्ट प्रहरी वृत्तपति घोषित भएका थिए ।

प्रकाशित मिति : २६ मंसिर २०७६, बिहीबार १६:५५